प्रधानमन्त्रीले देशका लागि नभइ आफ्नो क्षेत्रका लागि पैसा मागे : शाही
२०८१ फागुन २२ विहिबार
- प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि होइन आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा मागेको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा आफ्नो निर्वाचन क्षेत्रमा रंगशाला बनाउनको लागि विदेशीसँग पैसा मागेर आएको बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि होइन आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा मागेको बताएका हुन् ।
यस्तै, उनले एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्थाले जनतालाई प्रतिनिधित्व नगर्ने पनि बताए ।
उनले भने, ‘देशको प्रधानमन्त्री विदेश भ्रमण जानुभयो । देशको प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, रोडको लागि बजेट ल्याउनुहुन्छ, विदेशीसँग पैसा माग्नुहुन्छ भनेर हामीले सोचेका थियौं ।
उहाँले आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा माग्नुभयो । एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्था राम्रो भएन । यसले जनतालाई प्रतिनिधित्व गर्दैन् ।’
यसको साथै, उनले एउटा निर्वाचन क्षेत्रको जनताले सांसदका लागि भोट हालेर पठाएकाहरुले आफै मिलेर खाने र कुर्सी नछाड्ने परिपाटी रहेको उल्लेख गरे ।
उनले भने, ‘देशका ७७ वटा जिल्ला मध्ये ७६ जिल्लाका जनताले अझ भन्ने हो भने १६५ वटा निर्वाचन क्षेत्रमा १६४ वटा निर्वाचन क्षेत्रका जनताले केपी ओलीलाई प्रधानमन्त्रीको लागि भोट हालेको होइन । उहाँलाई एउटा निर्वाचन क्षेत्रको जनताले त्यो पनि प्रधानमन्त्री होइन् सांसदका लागि भोट हालेको हो । तर संविधान कस्तो बनाए भने आफै मिलेर खाने, कहिले हटाउन नमिल्ने बनाए । ¥याल काट्दै पनि प्रधानमन्त्रीको कुर्सी छाड्न नमिल्ने बनाए । पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने तर देशका ५५ लाखभन्दा बढि युवा अरुको देशमा काम गर्न जानुपर्ने बाध्यता छ ।’
उनले देश गणतन्त्रले होइन् राजा र जनता मिलेर बनाएको भन्दै अभिभावक बिनाको घर र राजा बिनाको देश कहिल्यै राम्रो हुन नसक्ने पनि दावी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।