सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश बहुमतले पारित
२०८१ फागुन २१ गते बुधवार
- विपक्षी दलहरूले भने सो अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
काठमाडौं: प्रतिनिधिसभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले पारित भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो ।
विपक्षी दलहरूले भने सो अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले राष्ट्रिय सभाबाट प्रतिवेदनसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’