कुलमान घिसिङलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने: संसाद शाही
२०८१ फागुन २१ गते बुधवार
- यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ ।’
काठमाडौँ: राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट दुबैबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिएको भन्दै कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठाउने बताएका हुन् ।
उनले भने,‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होईन कि शुन्य अंक दिने रे फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो ? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ ।’
त्यस्तै उनले सरकारले विधिको शासन उल्लङ्घन गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’