‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको सरकार'

२०८१ फागुन १८ गते आईतवार
सारांश
  • अध्यादेश बलमिचाईबाट नआएको भन्दै संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको उनले जिकिर गरे ।

कर्णाली, १८ फागुनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् ।

 

प्रेस युनियन सुर्खेतद्वारा आज सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उनले मुलुकको विकास र जनताको चाहना अनुसार दुई ठूला दलबीचको गठबन्धनको सरकार बनेको बताए । उनका अनुसार अहिले देखिएका समस्या समाधान गर्दै जनताका चाहना र अपेक्षा पूरा गर्ने उद्देश्यसहित यो सरकार अगाडि बढिरहेको छ ।

 

उपप्रधानमन्त्री सिंहले भने, “विसं २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरिसकेपछि स्थानीय, प्रदेश र सङ्घको सबै निर्वाचन सम्पन्न भयो । यद्यपि राजनीतिक स्थायित्व हुन नसक्दा विकासका अपेक्षित काम उल्लेख्य गतिमा हुन सकेनन् । परिणामतः मुलुकका दुई ठूला दलबीचको गठबन्धनको सरकार बन्यो ।” मन्त्री सिंहले मन्त्रालयगत कार्यसम्पादनको मूल्याङकन भइरहेको भन्दै लक्ष्य अनुसार काम गर्न सरकार निरन्तर अगाडि बढेको जनाए ।

 

अध्यादेश बलमिचाईबाट नआएको भन्दै संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको उनले जिकिर गरे । आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले वर्तमान सरकारले काम गरिरहेको उनको भनाइ छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार