टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छ: प्रधानमन्त्री ओली

२०८१ फागुन १५ गते विहिबार
सारांश
  • मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेको भएपनि यो सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताएका हुन् ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताएका छन् । 


डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेको भएपनि यो सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताएका हुन् ।  


उनले भने, ‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु हुन् । २० औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो । टेलिभिजनको सुरुवात गर्यो । कम्प्युटर सुरुवात गर्यो । लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआइको जमनामा आइपुगेका छौं । डिजिटल संसारमा आइपुगेका छाँै । यसलाई मानव जातिले  आफ्नो  उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो । त्यो गरिएको पनि छ । मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेका छौं । तर यो सदुपयोग मात्र भइरहेको छैन । कम्प्युटर साइन्स, डिजिटल एवम आइटीको डेभलपमेन्टलेसुविधा दियो भन्ने चिन्ता त कतै छैन । साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुखसुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो ।’


साथै उनले साइन्स टेक्नोलोजीको दुरुपयोग गरेर मान्छेहरुले त्यसबाट अनुचित लाभ लिन खोजिरहेको बताए । उनल डिजिटल विकास र सुविधाको प्रयोग गरेर अरु प्रकारका अपराधहरु गर्ने क्रिमिनलहरुका लागि सहज भएको समेत बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार