सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : मन्त्री सिंह

२०८१ फागुन ११ गते आईतवार
सारांश
  • ‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ ।

काठमाडौं :  उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताएका छन् । आइतबार भौतिक समितिको बैठकमा बोल्दै उनले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई सरकारले पूर्णता दिने बताएका हुन् ।


उनले भने, ‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ । सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो । मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ ।’ 


साथै उनले नयाँ सहरको लागि नयाँ कन्सेप्ट आवश्यक हुने बताए । उनले काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि हामीले हाम्रो मोडल जुन छ यसमा ध्यान दिनुपर्ने बताए ।


उनले भने, ‘अब अहिले जुन हाम्रो नयाँ सहरको कन्सेप्ट छ जुन काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि समय त लाग्छ । तर काम गर्नको हामी तयार भएर मोडललाई ध्यान दिएर काम गर्नुपर्छ ।’
 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार