माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिकको पक्षमा

९ फाल्गुन, २०८१, शुक्रवार
सारांश
  • २०८४ को निर्वाचनमा एक्लै जनता सामु जाने भन्दै कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिएका छन् ।

पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गर्न सक्ने बताएका छन् । 


शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको भन्दै यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्ने बताए । 


उनले भने, ‘संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ । संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ । तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो । हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।’


यस्तै, उनले २०८४ को निर्वाचनमा एक्लै जनता सामु जाने भन्दै कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिएका छन् । 


उनले भने, ‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ । उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीच गठबन्धन गरियो । उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु– उनीहरू मिलून् । हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौँ । जनतालाई मेरो अपील छ– तपाईहरू एकतावद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।’


उनले हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएको भन्दै अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार