राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने

२०८१ फागुन ०८ विहिबार
सारांश
  • राप्रपाले यही फागुन ९ गते गण्डकी प्रदेशको पोखरा, फागुन २१ गते जनकपुर, १७ गते बुटवल, १९ गते सुदूरपश्चिमको धनगढीमा आमसभा गर्न लागेको छ ।

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ ।


पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो ।


सोही अनुसार राप्रपाले यही फागुन ९ गते गण्डकी प्रदेशको पोखरा, फागुन २१ गते जनकपुर, १७ गते बुटवल, १९ गते  सुदूरपश्चिमको धनगढीमा आमसभा गर्न लागेको छ ।


यसैगरी फागुन २५ गते काठमाडौं र फागुन २७ गते सुर्खेतमा  प्रदेश स्तरीय बृहत आमसभा गर्न लागेको हो ।


राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिँदै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार