- दीपक बहादुर सिंह प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए भने सभाध्यक्षका रूपमा शिक्षा विभाग प्रमुख डा. राजेश गिरिले कार्यक्रमको नेतृत्व गरेका थिए ।
हेटौंडा: राप्रपा केन्द्रीय शिक्षा विभागले ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ ।
मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा विभाग प्रमुख डा. राजेश गिरि र डा. बसन्त अधिकारीले प्रशिक्षण दिएका थिए ।
प्रतिनिधिसभा सांसद दीपक बहादुर सिंह प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए भने सभाध्यक्षका रूपमा शिक्षा विभाग प्रमुख डा. राजेश गिरिले कार्यक्रमको नेतृत्व गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिंहले राप्रपाको सांगठनिक सुदृढीकरण र अनुशासित तथा सक्षम नेतृत्व निर्माणलाई प्राथमिकता दिने बताए । उनले युवाहरूलाई फोहोरी राजनीति परित्याग गरी स्वच्छ राजनीतिक संस्कारलाई अँगाल्न आह्वान गर्दै राप्रपा खुला मञ्च भएको सन्देश दिए ।
राप्रपा मकवानपुर क्षेत्रिय अध्यक्ष उमेश थापाले कार्यक्रमबारे जानकारी दिँदै यसले राप्रपाको शैक्षिक दृष्टिकोणलाई स्पष्ट दिशा दिने विश्वास व्यक्त गरे ।
थापाले पार्टिले देशभरका कार्यकर्ताहरुबाट सुझाब संकलन गरिरहेको जानकारी दिए । कार्यक्रममा सहभागीहरूले उत्साहजनक रूपमा सहभागिता जनाउँदै सकारात्मक वातावरणमा समापन भएको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।