नेपालमा बसेर के हुन्छ र भन्ने भाष्य नै गलत छ :मन्त्री सिंह
२०८१ फागुन ०५ सोमवार
- नयाँ विद्यार्थी स्वागत र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रममा उनले वर्तमान समयमा युवाहरु स्वतन्त्र भएर काम गर्न सक्ने भन्दै नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण रहेको बताए ।
काठमाडौं :उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरुमा नेपालमा बसेर केही गर्न सकिदैँन् भन्ने खालको नकारात्मक भाष्य निर्माण भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित मनास्लु वल्र्ड कलेजका नयाँ विद्यार्थी स्वागत र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रममा उनले वर्तमान समयमा युवाहरु स्वतन्त्र भएर काम गर्न सक्ने भन्दै नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण रहेको बताए ।
उनले भने, ‘अहिले युवाहरुमा नेपालमा बसेर के हुन्छ र भन्ने खालको नकरात्मक कुराहरु उठिरहेको छ । तर म के भन्न चाहान्छु भने नेपालमा अवसर र स्वतन्त्रता छ । आफूले चाहे अनुसार अगाडि बढ्न सक्ने अवस्था छ । त्यसकारण नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण बन्छ भन्ने कुरा सोचेर अगाडि बढ्नु पर्छ ।’
यसको साथै, उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भनेर भाष्य विकसित गर्न खोज्नेहरुले वर्तमान अवस्थालाई अध्ययन गर्नुपर्ने बताए ।
उनले भने, ‘व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भनेर भाष्य विकसित गर्न खोज्नेहरुले पनि के कुरा बुझ्नुपर्यो भने नेपाल प्रजातन्त्रमा गएपछि शिक्षा, कला, सबै क्षेत्रमा धेरै ठूलो परिवर्तन आएको छ ।’
उनले विद्यार्थीहरुलाई पनि आफ्नो लक्ष्य प्राप्त गर्नको लागि मेहेनत र अनुशासन आवश्यक हुने सुझाव दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।