- नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको धारणा परिवर्तन हुँदै गएको दाबी गरेका छन्। उनले रास्वपालाई मत दिएका मतदाताले आफ्नो निर्णयबारे पुनर्विचार गर्न थालेको जिकिर गरेका हुन्।
बर्दिबास : नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको धारणा परिवर्तन हुँदै गएको दाबी गरेका छन्। उनले रास्वपालाई मत दिएका मतदाताले आफ्नो निर्णयबारे पुनर्विचार गर्न थालेको जिकिर गरेका हुन्।
महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको आरोपसमेत लगाए।
प्रचण्डका अनुसार रास्वपाको पक्षमा देखिएको जनमतबारे बौद्धिक समुदायले आफ्नो धारणा बनाइसकेको छ। उनले आम नागरिकले पनि विस्तारै राजनीतिक परिस्थितिको मूल्यांकन गर्न थालेको बताए।
‘बौद्धिक समुदायले अहिलेको अवस्थालाई बुझिसकेको छ। हावामा मत हालिएछ, हुरीबतास मात्रै रहेछ भन्ने निष्कर्षमा पुगेका छन्। अब गाउँगाउँका जनतालाई पनि यो कुरा बुझाउन आवश्यक छ,’ उनले भने।
उनले नेकपाले सञ्चालन गर्ने जागरण अभियानमार्फत सरकारका अलोकतान्त्रिक गतिविधिबारे जनतालाई जानकारी गराउने बताए। सरकारका गतिविधि र विकसित राजनीतिक परिस्थितिका आधारमा आन्दोलनका कार्यक्रम तय गरिने उनको भनाइ छ।
त्यसैगरी, मधेस प्रदेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरूसँग छलफल भइरहेको पनि प्रचण्डले जानकारी दिए। यस विषयमा चाँडै सहमति जुट्ने उनको अपेक्षा छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।