मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
३ कार्तिक, २०८३
- अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन चुनौती देखिएको छ ।
काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन चुनौती देखिएको छ । सार्वजनिक भएका १० प्रमुख सर्वेक्षणमध्ये नौवटामा रिपब्लिकन पार्टी पछाडि रहेको बताइएको छ ।
महँगी, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले पार्टीलाई दबाबमा पारेको छ। विभिन्न सर्वेक्षणअनुसार ट्रम्पको कार्यशैलीप्रति ३० देखि ३६ प्रतिशत अमेरिकी मात्रै सन्तुष्ट छन् ।
अमेरिकामा खाद्यान्न, घरभाडा र इन्धनको मूल्यवृद्धिले सर्वसाधारणको खर्च बढाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश अमेरिकीले वस्तुको मूल्य आफ्नो आम्दानीभन्दा तीव्र गतिमा बढिरहेको बताएका छन् ।
इरानसँगको युद्ध र विदेश नीतिप्रति पनि असन्तुष्टि बढेको सर्वेक्षणहरूले देखाएका छन् । ट्रम्पको लोकप्रियता घटेपछि रिपब्लिकन पार्टीका केही उम्मेदवारले समेत उनका नीतिबाट दूरी बनाउन थालेका छन् ।
मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक वा दुवै सदनमा बहुमत हासिल गरे ट्रम्पलाई आफ्नो नीति कार्यान्वयन गर्न कठिन हुन सक्ने विश्लेषण भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १७३ जना घाइते
-
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
-
क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’