- आइतबार, कात्तिक १ गते महाअष्टमी व्रत मनाइएको छ भने आज सोमबार, कात्तिक २ गते अष्टमी पूजा तथा व्रतलाई निरन्तरता दिइँदैछ ।
काठमाण्डौ, ०२ कार्त्तिक । यस वर्ष बडादशैँको महाअष्टमी तिथि दुई दिन परेकाले आइतबार र सोमबार अष्टमीको पूजा तथा व्रत गरिँदैछ । आइतबार, कात्तिक १ गते महाअष्टमी व्रत मनाइएको छ भने आज सोमबार, कात्तिक २ गते अष्टमी पूजा तथा व्रतलाई निरन्तरता दिइँदैछ ।
तिथिको घटबढ र पञ्चाङ्ग गणनाका कारण यस वर्ष अष्टमी दुई दिन परेको हो । सोहीअनुसार स्थानीय परम्परा र पञ्चाङ्गअनुसार भक्तजनले दुर्गा भवानीको पूजा आराधना गरिरहेका छन् ।
महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ । यस दिन दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा आराधना गरिन्छ। कतिपय स्थानमा परम्पराअनुसार पशुबलि दिने चलनसमेत रहेको छ ।
महाअष्टमीमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने धार्मिक मान्यता छ। वैदिक सनातन परम्परामा यस दिनलाई शक्ति स्वरूपा दुर्गा भवानीको आराधना गर्ने विशेष अवसरका रूपमा लिइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’