बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते
१ कार्तिक, २०८३
- बाराको हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
बारा । बाराको महागढीमाई नगरपालिका–१ हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
आइतबार बिहान बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का करिब १७ वर्षीय धिरज यादव तथा मोटरसाइकलमा सवार भोडहाका करिब १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भएका थिए ।
तीनै जनालाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएकोमा चालक धिरजको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ का करिब ३८ वर्षीय अरुणकुमार दुबेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’