- आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, १३ असोज । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा लगानी बोर्डको कार्यालयबाट सम्पादित हालसम्मका कामकारबाही एवं नेपालमा लगानी परिचालनको अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसँग छलफल हुने समितिले जनाएको छ ।
त्यस्तै, दिनको १२: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको सातौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।