प्रतिनिधि सभाको बैठक आज, यस्तो छ कार्यसूची

२०८३ असोज १३ मङ्गलवार
सारांश
  • बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले उक्त प्रतिवेदन पेस गर्नेछिन् ।

काठमाण्डौ, १३ असोज । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान १० बजेबाट शुरु हुनेछ ।

 

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले उक्त प्रतिवेदन पेस गर्नेछिन् ।

 

त्यसैगरी, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

 

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा विधेयक प्रस्तुत गर्नेछन् ।

 

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार