चोलेन्द्रशमशेरको पक्राउप्रति कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भन्दै शंकर पोखरेलको आपत्ति
११ असोज, २०८३, आइतवार
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।
जबरालाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउको कारणबारे प्रहरीले सुरुमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
महासचिव पोखरेलले बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीश जबरालाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन् ।
उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको दाबी गरेका छन् । पोखरेलले यस्तो कार्यलाई समर्थन गर्नु प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको उल्लेख गर्दै सबैलाई गलत कामको खबरदारी गर्न आग्रह गरेका छन् ।
उनको भनाइ छ- 'बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो। यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीतको काम हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
-
लगातार वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध
-
पृथ्वी राजमार्गमा १० स्थानमा पहिरो
-
कुलेखानी जलाशय लगातार बढ्दै, सतर्क रहन आग्रह
-
भारतमा सन्तान नहुँदा परीक्षण गराउन गएका पुरुषको शरीरमा पाठेघर भेटियो
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।