नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ५३ करोडको कारोबार

२७ श्रावण, २०८३, बुधवार
सारांश
  • आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्यापको शेयर ४.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आइसीएफसी फाइनान्स डिभेन्चरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

काठमाडौँ: नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४८ कम्पनिका ८७ लाख १ हजार ९४४ कित्ता शेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन वीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्यापको शेयर ४.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आइसीएफसी फाइनान्स डिभेन्चरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोड १९ लाख बराबरको कारोबार भएको छ भने स्प्ली हाइड्रोको १४ करोड ९५ लाख बराबरको कारोबार भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार