सरकारको नियतमा शंका छैन तर ढंग पुगेन- मनिष झा

२२ श्रावण, २०८३, शुक्रवार
सारांश
  • सांसद झाले मधेशमा विभेद कायम रहेको बताउदै विमानबाट आउदा ल्यापटप ल्याउन दिने तर गरिबले सीमामा चिप्स ल्याउदा पक्रिने गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले काम गर्ने ढंग नपुर्याएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद झाले सरकारको नियतमा कुनै शंका नभएको बताउदै काम गर्ने ढंग भने नपुगेको देखिएको टिप्पणी गरेका हुन् ।

 

उनले विकासमा दिगोपन र सन्तुलन आवश्यक भएको भन्दै त्यसका स्टेक होल्डहरु असुरक्षित रहेको बताए । उनले मधेशमा हालैको आगो निभेको भन्दै आगो निभेपनि दाउरा बाँकी नै रहेको भन्दै सरकारलाई सचेत गराएका छन् ।

 

सांसद झाले मधेशमा विभेद कायम रहेको बताउदै विमानबाट आउदा ल्यापटप ल्याउन दिने तर गरिबले सीमामा चिप्स ल्याउदा पक्रिने गरेको भन्दै सरकारको आलोचना गरेका थिए । 

 

उनले राज्य सन्तुलित हुनुपर्ने र जनताको बीचमा हुनुपर्ने भन्दै राज्यले गाडीको कालो सिसा हटाएको र अब कालो चश्मा पनि हटाउनुपर्ने बताए ।

 

सांसद झाले प्रवासमा रहेका नेपालीलाई विश्वासमा लिएर विकासमा सहभागी गराउनुपर्ने बताए । उनले निजी क्षेत्रमा त्रास रहेको उल्लेख गर्दै प्रहरी देख्दा डराउनुपर्ने अवस्था सिर्जना भएको भन्दै मधेश, प्रवास र निजी क्षेत्रलाई साथमा लिएर विकासमा दिगोपन र सन्तुलन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार