- प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अघिल्लो वर्षको तुलनामा पर्याप्त मात्रामा ग्यास आयात भइरहे पनि साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि माग एकैपटक बढ्दा वितरणमा केही समस्या देखिएको बताइन् ।
काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा देखिएको खाना पकाउने ग्यासको वितरण समस्या केही दिनमै समाधान हुने बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अघिल्लो वर्षको तुलनामा पर्याप्त मात्रामा ग्यास आयात भइरहे पनि साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि माग एकैपटक बढ्दा वितरणमा केही समस्या देखिएको बताइन् ।
उनले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेकी छन् ।
उनका अनुसार समस्या समाधानका लागि नेपाल आयल निगम, ग्यास उद्योगी र सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति तथा वितरण प्रणाली सुधार भइरहेको छ । हाल देशभर ५८ वटा ग्यास उद्योग सञ्चालनमा रहेको, १० हजार १६६ मेट्रिक टन भण्डारण क्षमता रहेको र करिब १ करोड ७५ लाख सिलिन्डर बजारमा रहेको उनले जानकारी दिइन् ।
मन्त्री यादवले साउन २० गते ३७ हजार १०० र साउन २१ गते ४० हजार ९५४ सिलिन्डर बजारमा पठाइएको बताइन् । ग्यास अभावसम्बन्धी गुनासो समाधान गर्न नेपाल आयल निगमले टोली परिचालन गरेको र साउन २१ गते मात्रै १६६ वटा गुनासो सम्बोधन गरिएको उनले जानकारी दिइन् ।
उनले ग्यास सिलिन्डरको विवरण अनुगमनका लागि ट्र्याकिङ प्रणाली विकास भइरहेको तथा भारतबाट ग्यास आयात कोटा बढाउन पहल भइरहेको बताउदै ग्यास वितरणमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला र वैकल्पिक सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकता दिन निर्देशन दिइएको जानकारी संसदमा गराएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वैदेशिक रोजगार व्यवसायी आन्दोलित, श्रमिक पठाउन बन्द गर्ने घोषणा
-
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
-
ग्यासको वितरण समस्या केही दिनमै समाधान हुन्छ- मन्त्री यादव
-
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै
-
सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।