मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुवैतर्फ अवरुद्ध
२०८३ श्रावण १२ मङ्गलवार
- पहिरोका कारण बाटोमै रोकिएका यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक प्रतीक्षा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।
चितवन: मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन सम्बन्धित स्थानमा आवश्यक उपकरण परिचालन गरिसकिएको छ । करिब डेढ घण्टाभित्र पहिरो पन्छाएर सवारी आवागमन पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।
पहिरोका कारण बाटोमै रोकिएका यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक प्रतीक्षा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।
पहिरो हटाउने कार्य तीव्र रूपमा भइरहेकाले अवस्था सामान्य भएपछि सवारी आवागमन पुनः सञ्चालन गरिने जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बादल र पोखरेलको प्रतिवेदनमाथि एमालेको कार्यदलले आवासीय छलफल गर्न
-
बर्षमानलाई राजीव खत्रीको जवाफः ज्ञानेन्द्र इतिहास रच्ने शासक हुन्, कमजोर नठाने हुन्छ
-
रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
-
राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ- मन्त्री मेहता
-
प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक छैनन्- गगन थापा
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।