अन्तिम समयमा ह्यारी केन चम्किँदा डिआर कङ्गोमाथि इङ्ग्ल्यान्डको रोमाञ्चक जित

२०८३ अषाढ़ १८ विहिवार
सारांश
  • अब इङ्ग्ल्यान्डले मेक्सिको सिटीस्थित एज्टेका रङ्गशालामा सह-आयोजक मेक्सिकोसँग अन्तरिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

काठमाण्डौ, १८ अषाढ़ । कप्तान ह्यारी केनले अन्तिम समयमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई हारको मुखबाट फर्काएपछि डिआर कङ्गोलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुर्‍याएका छन् ।

 

इङ्ग्ल्यान्ड खेलबाट बाहिरिने संघारमा पुगेको अवस्थामा केन नायक बनेका थिए । खेलको सुरुवाती अग्रता ब्रायन सिपेङ्गाले दिलाएपछि डिआर कङ्गोले लामो समयसम्म त्यसलाई जोगाएको थियो । निर्धारित समय सकिन १५ मिनेट बाँकी रहँदासम्म इङ्ग्ल्यान्ड पराजयतर्फ उन्मुख देखिएको थियो ।

 

तर ७५औँ मिनेटमा कप्तान केनले हेडमार्फत बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि खेल सकिन चार मिनेट बाँकी रहँदा उनले शानदार व्यक्तिगत प्रयासमा अर्को गोल गर्दै इङ्ग्ल्यान्डलाई रोमाञ्चक जित दिलाए ।

 

डिआर कङ्गोका गोलरक्षक लियोनल म्पासीले खेलभर उत्कृष्ट बचाउ गर्दै इङ्ग्ल्यान्डलाई निराश बनाएका थिए । पहिलो हाफको इन्जुरी समयमा योआने विस्साले खाली पोस्टमा गोल गर्ने अवसर गुमाउँदै बल पोस्टमा प्रहार गरेका थिए । त्यो अवसर सदुपयोग भएको भए इङ्ग्ल्यान्डको पुनरागमन सम्भव नहुन सक्थ्यो । दोस्रो हाफमा प्रशिक्षक थोमस टुचेलले गरेको परिवर्तन प्रभावकारी बन्यो । वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको क्रसमा केनले उत्कृष्ट हेडमार्फत बराबरी गोल गरेका थिए । केनको दोस्रो गोल यस विश्वकपको उनको पाँचौँ गोल पनि हो । उनले पेनाल्टी क्षेत्रको बाहिर बल नियन्त्रण गर्दै रक्षकलाई छलाएर दायाँ खुट्टाले शक्तिशाली प्रहार गरे, जसलाई म्पासीले रोक्न सकेनन् ।

 

यस जितसँगै इङ्ग्ल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अब इङ्ग्ल्यान्डले मेक्सिको सिटीस्थित एज्टेका रङ्गशालामा सह-आयोजक मेक्सिकोसँग अन्तरिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार