- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारीमा रहेको विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटका लागि टिकट बुकिङ खुला गरेको छ ।
पोखरा, २९ जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारीमा रहेको विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटका लागि टिकट बुकिङ खुला गरेको छ । कम्पनीले सन् २०२६ सेप्टेम्बर २३ देखि नियमित उडान सञ्चालन गर्ने तयारीसहित बुकिङ सुरु गरेको हो ।
फ्लाई दुबईको उडान विवरण अनुसार दुबईबाट पोखराका लागि उडान नम्बर एफजेड ११६५ र पोखराबाट दुबईका लागि एफजेड ११६६ रहनेछ ।
टिकट मूल्य पनि सार्वजनिक गरिएको छ । पोखराबाट दुबई जाने उडानमा बिजनेस क्लासको भाडा करिब १ लाख ९० हजार र इकोनोमी क्लासको भाडा करिब ९१ हजार रुपैयाँ पर्नेछ । दुबै गन्तव्यबीचको यात्रा समय करिब साढे ४ घण्टा हुनेछ भने पोखराबाट दुबई फर्किँदा करिब साढे ५ घण्टा लाग्ने बताइएको छ ।
कम्पनीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीमा सेप्टेम्बर २३ देखि दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म दैनिक उडान सञ्चालन हुने उल्लेख छ । साथै, संयुक्त अरब इमिरेट्सबाट पोखरासम्म सेवा दिने पहिलो वायुसेवा कम्पनी हुने दाबी गर्दै हिमालय क्षेत्रको पर्यटन राजधानी पोखरासम्म प्रत्यक्ष पहुँच स्थापित हुने बताइएको छ । यात्रुहरूलाई आफ्नो आगामी यात्रा योजना बनाउन आधिकारिक वेबसाइटमार्फत टिकट बुक गर्न पनि आग्रह गरिएको छ ।
यसैबीच, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडानका लागि भएको यो प्रगतिलाई महत्वपूर्ण उपलब्धि भन्दै खुशी व्यक्त गरेका छन् । उनले पोखरा–दुबई प्रत्यक्ष उडानको बुकिङ खुला हुनु शहरको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारतर्फको ठूलो कदम भएको बताए । उनका अनुसार यो उडानले पोखरालाई विश्व बजारसँग दिगो रूपमा जोड्न र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जादै
-
सदाचार नीति लागु गर्न अमरेशको सरकारलाई सुझाव
-
परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको आरोप
-
अर्थमन्त्री डा. वाग्लेले प्रश्न सोध्ने विपक्षी सांसदहरुलाई धम्की दिएको बर्षामान पुनको आरोप
-
फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, कति छ भाडा ?
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।