प्रधानमन्त्री ओली फेरी पनि संसद विघटन गर्ने प्रयासमा छन् : प्रवक्ता सापकोटा
२०८१ फागुन ११ गते आईतवार
- आइतबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै पहिला आफू सभामुख भएको बेला पनि ओलीले झम्टीझम्टी दुई पटक संसद विघटन गरेको भन्दै फेरी पनि त्यही बाटोमा उद्धत भएको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पनि संसद विघटन गर्ने जमर्को गरिरहेको आरोप लगाएका छन् ।
आइतबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै पहिला आफू सभामुख भएको बेला पनि ओलीले झम्टीझम्टी दुई पटक संसद विघटन गरेको भन्दै फेरी पनि त्यही बाटोमा उद्धत भएको बताएका हुन् ।
उनले भने, ‘अझै पनि ठूला ठूला घट्ना घटाउन सक्छन् । म आफैँ सभामुख भएको बेला दुई पटक सदन विघटन गर्न खोजिएको थियो र आज पनि त्यतैतिर उद्दत छ सरकार र अहिलेका प्रधानमन्त्री । फेरि पनि विघटन गरेर चुनावमा गएँभने बहुमत ल्याउछु भन्ने छ । बहुमत हजार कोष टाढाको कुरा हो । वास्तवमा यो संसद विघटन गर्नतिर नै उनी उद्यत छन् ।
उनले अहिलेको सरकार शासक बन्न खोज्दा जनताको घेराबन्दीमा पर्ने पनि बताए । जनताको मुख बन्द गर्ने षड्यन्त्रको रुपमा सामाजिक सञ्जाल विधेयक ल्याएको पनि आरोप लगाए । सरकारले सामाजिक सञ्जालको नियमन नभएर पूर्ण रुपमा नियन्त्रण गर्न खोजेको उनको भनाई छ ।
उनले भने,‘जब जब शासकहरु जनताको घेराबन्दीमा पर्छन् जनताले प्रश्न उठाउन थाल्छन् । पत्रकारले प्रश्न सोध्न थाल्छन् । उनीहरुले जनताको मुख बन्द गर्ने षड्यन्त्र गर्छन् । र यो नियमन होइन, पूरा नियन्त्रण हो । हामीले रगत बगाएर प्राप्त गरेको अभिव्यक्ति स्वतन्त्रताको कुरा हो । यसलाई नियन्त्रण गर्न खोजिएको छ ।’
त्यस्तै पवक्ता सापकोटाले सरकारले.अहिले अध्यादेशबाट शासन चलाउने जमर्को गरेको भन्दै त्यो असफल भएको बताए । सरकार आफैं उम्कन नसक्नेगरी पूर्ण रुपमा अध्यादेशको पासोमा परेको पनि उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।