भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा

०७ कार्त्तिक, २०८१, बुधवार
सारांश
  • विश्वको सबैभन्दा धेरै जनसंख्या र त्यो जनसँख्याले निर्धारण गरेको बजार, प्रशस्त सामुन्द्रिक पहुँच र सस्तो श्रम शक्ति आदिका कारणहरुले गर्दा आर्थिक रुपमा तिव्रतर छलाङ मारिरहेको देश हो भारत ।

नयाँदिल्ली । गोल्डम्यान स्याक्सको अध्ययनले  सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने कुरा भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले जनाएको बताएका छन् ।

 

उक्त अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उनले बताए । द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै उनले भने, 'एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ । दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ ।' जयशङ्करले भारतको प्रतिभा र सीपबारे प्रकाश पार्दै यो करिब दिन प्रतिदिन बढिरहेको बताए । उनका अनुसार युरोप र उत्तर अमेरिकाले भारतबाट प्रतिभा र सीपको सहज प्रवाह चाहन्छन् ।

उनले भने - 'मलाई लाग्छ कि त्यहाँ अन्य तरिकाहरू छन्, जुन अझ प्रभावकारी हुन सक्छ । यदि प्रविधि, एआई र सेमीकन्डक्टरहरूमा ठूला बहसहरू हेर्नुहुन्छ भने भारतीय प्रतिभा र सीपको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ ।'

 

विश्वको सबैभन्दा धेरै जनसंख्या र त्यो जनसँख्याले निर्धारण गरेको बजार, प्रशस्त सामुन्द्रिक पहुँच र सस्तो श्रम शक्ति आदिका कारणहरुले गर्दा आर्थिक रुपमा तिव्रतर छलाङ मारिरहेको देश हो भारत । अझ पछिल्लो समय भारत थप लगानी मैत्री बन्दै गएको मूलुक हो । विश्वका ठुला ठुला कम्पनी र कर्पोरेट घरानाहरु त्यहाँ लगानी गर्न लालायित छन् ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार