- राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
काठमाण्डौ, ३० वैशाख । नेपाल राष्ट्र बैंकले आज (बुधवार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर १११ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ २९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २४ रुपैयाँ र बिक्रीदर २४ रुपैयाँ ०९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ५०० रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।