कोलम्बियाको भूकम्पमा मृत्यु हुनेको संख्या १३२ नाघ्यो
२६ श्रावण, २०८३, मगलवार
- भग्नावशेषमा अझै मानिसहरू फसेको हुन सक्ने भएकाले मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
काठमाडौँ: कोलम्बियामा पछिल्ला केही वर्षयताकै शक्तिशाली भूकम्प गएपछि कम्तीमा १३२ जनाको मृत्यु भएको छ । भूकम्पपछि सरकारले देशका प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरेको छ ।
भूकम्पका कारण धेरै भवन भत्किएका छन् । भग्नावशेषमा अझै मानिसहरू फसेको हुन सक्ने भएकाले मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पमा ४८० भन्दा बढी मानिस घाइते भएको कोलम्बियाको राजधानी सहरहरूको संघले सोमबार जारी गरेको विवरणमा उल्लेख गरेको छ ।
कोलम्बियाको भूगर्भसम्बन्धी निकायका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा ७.४ परिमाणको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर टाढासम्म महसुस गरिएको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये कोलम्बियाको कफी उत्पादनका लागि प्रसिद्ध क्षेत्र पनि रहेको छ । भूकम्पमा पेरिरा सहरमा सबैभन्दा धेरै जनधनको क्षति भएको बताइएको छ। आसपासका सहर तथा भाये देल काउका क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।
भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे देल पालमार गाउँनजिक रहेको थियो । गाउँका प्रमुख लियोन फाबियो मारिन मोनकादाका अनुसार गाउँबाट बाहिरिने र भित्रिने सडकहरू क्षतिग्रस्त भए पनि त्यहाँ मानवीय क्षति नभएको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरिरा सहरमा भने ठूलो क्षति पुगेको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।