कीभमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण, नौ जनाको मृत्यु

१६ श्रावण, २०८३, शनिवार
सारांश
  • पछिल्ला केही दिनयता रुसले किभमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको तीव्रता बढाएको छ । निरन्तर आक्रमण भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आधुनिक अवरोधक क्षेप्यास्त्रको आवश्यकता रहेको बताएका छन् ।

काठमाडौँ: रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रबाट ठूलो आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

 

स्थानीय अधिकारीहरूका अनुसार राजधानीका विभिन्न क्षेत्रमा एकपछि अर्को गर्दै विस्फोट भएका थिए । किभका मेयर भिताली क्लिच्कोले शहरमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गर्दै विभिन्न स्थानमा आगलागी भएको र केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको बताएका छन् ।

 

अधिकारीहरूका अनुसार सोलोमियान्स्की जिल्लामा रहेको पाँचतले आवासीय भवनको एक भाग भत्किएको छ । उक्त भवनमा भएको क्षतिमा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित आठ जना घाइते भएका छन् ।

 

पछिल्ला केही दिनयता रुसले किभमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको तीव्रता बढाएको छ । निरन्तर आक्रमण भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आधुनिक अवरोधक क्षेप्यास्त्रको आवश्यकता रहेको बताएका छन् ।

 

यसै साता राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै प्याट्रियट अवरोधक क्षेप्यास्त्र उत्पादन गर्ने अनुमति उपलब्ध गराउन आग्रह गरेका थिए ।

 

यद्यपि, शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकपछि राष्ट्रपति ट्रम्पले अमेरिकाले हालसम्म युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र उत्पादनको अनुमति नदिएको, तर यस विषयमा छलफल भने जारी रहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार