बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख युनुसविरुद्ध अदालतमा उजुरी दर्ता
२०८३ अषाढ़ २२ सोमवार
- उजुरीमा खोप अभावका कारण बालिकाले समयमै आवश्यक खोप लगाउन नपाएको र पछि ढाकास्थित एक सरकारी अस्पतालमा अक्सिजनको अभावका कारण उचित उपचार नपाउँदा उनको मृत्यु भएको उल्लेख गरिएको छ ।
एजेन्सी, २२ अषाढ़ । बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसविरुद्ध देशमा फैलिएको दादुरा महामारीका सम्बन्धमा आपराधिक लापरवाही गरेको आरोप लगाउँदै अदालतमा उजुरी दर्ता गरिएको छ। दादुराका कारण हालसम्म करिब सात सय अठतीस जनाको मृत्यु भइसकेको छ ।
उजुरीकर्ता सिराजुल इस्लामका कानुन व्यवसायी तस्लीमा जहानका अनुसार ढाकाका अतिरिक्त मुख्य महानगरीय न्यायाधीश जशिता इस्लामले उजुरी दर्ता गरेकी हुन् । सिराजुल नौ महिनाकी छोरीका पिता हुन्, जसको डेङ्गुका कारण मृत्यु भएको थियो ।
उजुरीमा खोप अभावका कारण बालिकाले समयमै आवश्यक खोप लगाउन नपाएको र पछि ढाकास्थित एक सरकारी अस्पतालमा अक्सिजनको अभावका कारण उचित उपचार नपाउँदा उनको मृत्यु भएको उल्लेख गरिएको छ ।
उजुरीमा पूर्व मुख्य सल्लाहकार युनुसमाथि कर्तव्यपालनमा लापरवाही, कानुन उल्लङ्घन तथा लापरवाहीका कारण नागरिकको मृत्यु भएको आरोप लगाइएको छ । यस प्रकरणमा पूर्व अन्तरिम सरकारकी स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगम, युनुसका प्रेस सचिव सफिकुल आलम तथा तत्कालीन स्वास्थ्य सेवा महानिर्देशक मोहम्मद अबु जाफरलाई पनि सहआरोपी बनाइएको छ ।
अदालतका अधिकारीका अनुसार आगामी जुलाई १२ गते उजुरी स्वीकार गर्ने वा नगर्ने तथा आरोपितविरुद्ध आपराधिक मुद्दा अघि बढाउने वा नबढाउने विषयमा निर्णय गरिनेछ ।
यो मुद्दा बङ्गलादेशमा पछिल्ला धेरै दशकयताकै सबैभन्दा गम्भीर दादुरा महामारीबारे तीव्र छानबिन भइरहेका बेला दर्ता भएको हो। स्वास्थ्य अधिकारीहरूले आइतबार बिहानसम्मको पछिल्लो चौबीस घण्टामा थप सात जनाको मृत्यु भएको जानकारी दिएका छन् । त्यससँगै गत मार्च १५ यता दादुरासम्बन्धी मृत्यु हुनेको कुल संख्या ७३८ पुगेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।