भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या १८८ पुग्यो

२०८३ अषाढ़ १२ शुक्रवार
सारांश
  • भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा पराकम्प गएको पुष्टि भएको छ ।

काठमाण्डौ, १२ अषाढ़ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा पराकम्प गएको पुष्टि भएको छ । घटनामा ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ भने एक हजार ५०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत उक्त जानकारी दिएका हुन् ।

 

उनका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प लगभग एकै समयमा आएका थिए । भूकम्पका कारण राजधानी क्षेत्र ग्रेटर काराकास र ला गुआइरा राज्यमा सबैभन्दा बढी क्षति पुगेको छ । अरागुआ, काराबोबो तथा अन्य राज्यहरू पनि प्रभावित भएका छन् ।

 

भूकम्पपछि हराइरहेका आफन्तको खोजीमा भेनेजुएलाभर परिवारजनले तस्बिरसहितका पोस्टर टाँस्न थालेका छन् । धेरैले हातैले तयार पारेका सूचीमार्फत पनि बेपत्ता व्यक्तिको जानकारी संकलन गरिरहेका छन् भने विदेशमा रहेका भेनेजुएलावासी पनि आफ्ना आफन्तसँग सम्पर्क गर्ने प्रयासमा छन् ।

 

राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्काल घोषणा गरेकी छन् । उनले अस्पताल र भत्किएका घरहरूको पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलरको विशेष कोष स्थापना गरिने जानकारी दिइन् । साथै, उक्त कार्यको अनुगमन गर्न अर्थ तथा वित्त मन्त्रालयलाई निर्देशन दिइएको छ । भेनेजुएलाआमा राहत र उद्धारको लागि अमेरिकासहित युरोपका देशहरुले सहयोग गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार