इटाली पुगे मोदी, मेलोनीले गरिन् स्वागत

२०८३ जेठ ०६ बुधवार
सारांश
  • मेलोनीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीसँगको तस्बिर सार्वजनिक गर्दै 'रोममा स्वागत छ, मेरा साथी' लेखेकी छन् ।

काठमाण्डौ, ०६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इटलीको भ्रमणमा रोम पुगेका छन् । मोदीलाई इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले रोम पुग्दा न्यानो स्वागत गरेकी छन् । पाँच देशको भ्रमणको अन्तिम चरणअन्तर्गत मोदी इटली पुगेका हुन् ।

 

मेलोनीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीसँगको तस्बिर सार्वजनिक गर्दै 'रोममा स्वागत छ, मेरा साथी' लेखेकी छन् । उनले रोमको ऐतिहासिक कोलोसियममा यसअघि खिचिएको दुवै नेताको अर्को तस्बिर पनि साझा गरेकी छन् । यसअघि रोम पुगेका प्रधानमन्त्री मोदीलाई त्यहाँको भारतीय समुदायले भव्य स्वागत गरेको थियो । होटल पुगेपछि मोदीले प्रवासी भारतीयसँग भेटघाट गरेका थिए ।

 

त्यसक्रममा आयोजित सांस्कृतिक कार्यक्रमको समेत उनले अवलोकन गरेका थिए । मोदीले उपस्थित व्यक्तिहरूसँग संवाद गर्नुका साथै आफ्नो चित्र बनाएर उपहार दिएका एक बालकलाई हस्ताक्षर समेत दिएका थिए । अर्कोतर्फ, मोदीले आफ्नो इटली भ्रमणबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू इटलीको राजधानी रोम पुगेको बताएका छन् । उनले इटलीका राष्ट्रपति सर्जियो मातेरेला र प्रधानमन्त्री जर्जिया मेलोनीसँग भेटवार्ता गर्ने तथा विभिन्न विषयमा छलफल हुने उल्लेख गरेका छन् ।

 

मोदीले यो भ्रमणको मुख्य उद्देश्य भारत र इटलीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु रहेको बताएका छन् । विशेषगरी भारत–मध्यपूर्व–युरोप आर्थिक मार्ग परियोजनाका विषयमा केन्द्रित छलफल हुने उनले जनाएका छन् । उनका अनुसार संयुक्त रणनीतिक कार्ययोजना २०२५–२०२९ को पनि समीक्षा गरिनेछ ।

 

प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनको मुख्यालयको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताएका छन् । उनले यस भ्रमणले बहुपक्षीय सहकार्य र विश्व खाद्य सुरक्षाप्रति भारतको प्रतिबद्धतालाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् ।

 

मोदी यसअघि २०२४ को जुनमा जी ७ शिखर सम्मेलनका लागि इटाली पुगेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार