पश्चिम बंगालमा चुनावपछि हिंसा: चार जनाको हत्या, ममताको कार्यालयमा डोजर !
२३ बैसाख, २०८३, बुधवार
- भारतीय मिडियाहरुका अनुसार अज्ञात व्यक्तिहरुले गोली प्रहार गर्दा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेहरूमा नाजाट प्रहरी चौकीका प्रमुख, एक प्रहरी जवान, एक महिला प्रहरी तथा केन्द्रीय बलका दुई जवान रहेका छन् ।
काठमाडौँ: भारतको पश्चिम बंगालमा निर्वाचन परिणामपछि हिंसात्मक घटना सुरु भएका छन् । उत्तर २४ परगना जिल्लाको सन्देशखालीस्थित बामनघेरी क्षेत्रमा मंगलबार राति गस्तीमा रहेको प्रहरी र केन्द्रीय सुरक्षाबलमाथि आक्रमण भएको छ ।
भारतीय मिडियाहरुका अनुसार अज्ञात व्यक्तिहरुले गोली प्रहार गर्दा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेहरूमा नाजाट प्रहरी चौकीका प्रमुख, एक प्रहरी जवान, एक महिला प्रहरी तथा केन्द्रीय बलका दुई जवान रहेका छन् ।
पछिल्लो २४ घण्टामा राज्यका विभिन्न स्थानमा चार जनाको हत्या भएको जनाइएको छ । मृतकमध्ये भारतीय जनता पार्टी र तृणमूल कांग्रेसका दुई–दुई कार्यकर्ता रहेका छन् ।
भारतीय जनता पार्टीले उत्तर २४ परगनाको न्यू टाउन र हावडाको उदय नारायणपुरमा आफ्ना दुई कार्यकर्ताको हत्या तृणमूल कांग्रेसले गरेको आरोप लगाएको छ । यता, तृणमूल कांग्रेसले पनि कोलकाताको बेलेघाटा र वीरभूमको नानुरमा आफ्ना दुई सदस्यको हत्या गरिएको दाबी गरेको छ ।
यसैबीच, कोलकाताको न्यू मार्केट क्षेत्रमा भीडले तृणमूल कांग्रेसको पार्टी कार्यालय डोजर प्रयोग गरी भत्काएको छ । उपद्रवीहरूले आसपासका पसलहरूमा पनि तोडफोड गरेका छन् ।
घटनाबारे प्रतिक्रिया दिँदै तृणमूल कांग्रेसले सामाजिक सञ्जालमार्फत ‘परिवर्तन’को नाममा हिंसा भएको आरोप लगाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
-
मानव सेवा आश्रमलाई बालबालिकाको तस्वीर तथा भिडियो प्रकाशन नगर्न परिषद्को निर्देशन
-
मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
-
पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
-
हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।