रुस र युक्रेनबीच दुई दिनको युद्धविराम घोषणा

२२ बैसाख, २०८३, मगलवार
सारांश
  • रुसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको हारको ८१औँ वार्षिकोत्सवका अवसरमा यस्तो निर्णय गरेको जनाएको छ । तर समारोहमा कुनै अवरोध भए किभमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरिने चेतावनी पनि दिइएको छ ।

काठमाडौँ: रुस र युक्रेनले ‘विजय दिवस’ अघि फरक–फरक समयमा युद्धविराम घोषणा गरेका छन् ।

 

रुसले शुक्रबार र शनिबारका लागि युद्धविराम घोषणा गरेको छ भने युक्रेनले बुधबार राति १२ बजेदेखि युद्ध रोक्ने जनाएको छ ।

 

रुसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको हारको ८१औँ वार्षिकोत्सवका अवसरमा यस्तो निर्णय गरेको जनाएको छ । तर समारोहमा कुनै अवरोध भए किभमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरिने चेतावनी पनि दिइएको छ ।

 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रातिदेखि युद्धविराम पालन गर्ने तर रुसबाट हुने हरेक गतिविधिको जवाफ दिइने बताएका छन् । उनले युद्धविरामको अवधि भने खुलाएका छैनन् ।

 

यस वर्ष मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस परेड फरक ढंगले आयोजना गरिने भएको छ । सम्भावित ड्रोन आक्रमणको जोखिमका कारण ट्यांक र ठूला हतियारहरू परेडमा समावेश गरिने छैनन् ।

 

रुसले किभमा रहेका सर्वसाधारण र विदेशी दूतावासहरूलाई शहर छाड्न समेत चेतावनी दिएको छ । यसअघि पनि पटक–पटक युद्धविराम प्रयास भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन ।

 

करिब दुई दशकपछि पहिलोपटक मस्कोको परेड भारी हतियार बिना आयोजना हुन लागेको हो । सुरक्षा कारणले अन्य धेरै शहरहरूमा पनि परेड सीमित वा रद्द गरिएको छ ।

 

रुसका लागि ‘विजय दिवस’ अत्यन्त महत्वपूर्ण दिन मानिन्छ । यसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले देशको शक्ति र देशभक्तिसँग जोडेर हेर्ने गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार