- इरानले यो प्रस्ताव गत बिहीबार अमेरिकालाई पाकिस्तानमार्फत दिएको थियो । यो अप्रिलमा लागू भएको युद्धविरामपछि दुई देशबीच जारी वार्ताको एक हिस्सा थियो । यसअघि पनि ट्रम्पले कम्तीमा दुई प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
काठमाडौँ: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्तुत गरेको युद्ध रोक्ने सम्बन्धी तेस्रो प्रस्तावसमेत अस्वीकार गरेका छन् ।
उनले १४ बुँदे उक्त प्रस्ताव स्वीकार गर्न योग्य नभएको बताएका हुन् । उक्त प्रस्तावमा ३० दिनभित्र युद्ध रोक्ने र हर्मुज क्षेत्र खोल्ने उल्लेख गरिएको थियो । त्यसपछि मात्रै अमेरिका र इरानबीच परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने प्रस्ताव इरानले गरेको थियो । प्रस्तावमा इरानले १५ वर्षसम्म युरेनियम समृद्धि रोक्ने र त्यसपछि सीमित रूपमा पुनः सुरु गर्ने उल्लेख पनि गरिएको थियो ।
इरानले यो प्रस्ताव गत बिहीबार अमेरिकालाई पाकिस्तानमार्फत दिएको थियो । यो अप्रिलमा लागू भएको युद्धविरामपछि दुई देशबीच जारी वार्ताको एक हिस्सा थियो । यसअघि पनि ट्रम्पले कम्तीमा दुई प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
यसैबीच ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ नामक नयाँ पहल घोषणा गरेका छन् । यो योजना केही समयमै सुरु हुने बताइएको छ । यसअन्तर्गत हर्मुज क्षेत्रमा अड्किएका विदेशी जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका सहयोग गर्नेछ। ट्रम्पका अनुसार धेरै देशहरूले सहयोग मागेका छन् र ती जहाजहरू निष्पक्ष तथा निर्दोष भएकाले द्वन्द्वमा फसेका हुन् ।
उनले केही जहाजमा खाद्यान्न र अत्यावश्यक सामग्रीको अभाव हुन थालेको पनि बताएका छन्। यस मानवीय अभियानमा कुनै अवरोध भए अमेरिका कडा रूपमा प्रतिक्रिया दिने चेतावनी पनि उनले दिएका छन् ।
यता इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले पनि कडा प्रतिक्रिया दिएको छ । उसले ट्रम्पले ‘असम्भव अभियान वा कमजोर सम्झौता’मध्ये एक रोज्नुपर्ने बताएको छ। साथै इरानले चीन, रूस र युरोपको धारणा अब अमेरिकाविरुद्ध बदलिँदै गएको दाबी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
-
राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
-
साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
-
ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
-
जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।