तेल कम्पनीहरुले २०२६ मा प्रत्येक सेकेन्ड करिब ३ हजार डलर कमाउँदै !
२०८३ वैशाख १५ मङ्गलवार
- विश्वका छ प्रमुख ठूला इन्धन कम्पनीहरूले सन् २०२६ मा प्रत्येक सेकेन्ड करिब २९६७ अमेरिकी डलर नाफा कमाउने अनुमान गरिएको छ ।
एजेन्सी, १५ वैशाख । विश्वका छ प्रमुख ठूला इन्धन कम्पनीहरूले सन् २०२६ मा प्रत्येक सेकेन्ड करिब २९६७ अमेरिकी डलर नाफा कमाउने अनुमान गरिएको छ । यो तथ्य अक्सफामले सार्वजनिक गरेको नयाँ अध्ययनमा उल्लेख गरिएको हो ।
अक्सफामका अनुसार शेभरोन, शेल, बीपी, कोनोकोफिलिप्स, एक्सनमोबिल र टोटलएनर्जीज जस्ता कम्पनीहरूको २०२६ को कुल नाफा करिब ९४ अर्ब डलर पुग्न सक्छ । यो रकमले अफ्रिकामा करिब ५ करोड मानिसको घरायसी ऊर्जा आवश्यकताका लागि सौर्य ऊर्जा उपलब्ध गराउन पर्याप्त हुने बताइएको छ ।
अध्ययनले यी कम्पनीहरूको नाफा सन् २०२५ को तुलनामा दैनिक करिब ३ करोड ७० लाख डलरले बढी हुनेछ । ऊर्जा संकट र बढ्दो तनावबीच गरिएको अर्को सर्वेक्षणमा धेरै देशका नागरिकहरूले जीवाश्म इन्धन उत्खनन बढाउनु भन्दा नवीकरणीय ऊर्जामा सरकारको लगानी बढाउनुपर्ने पक्षमा तीन गुणा बढी समर्थन जनाएका छन् । करिब ६८ प्रतिशत नागरिकले ठूला तेल तथा ग्यास कम्पनीको नाफामा कर लगाएर स्वच्छ ऊर्जामा लगानी गर्नुपर्ने बताएका छन् ।
यसैबीच, विश्वभर ऊर्जा अभाव र राजनीतिक अस्थिरताका कारण सामान्य नागरिकको जीवनयापन झन् कठिन हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । अर्कोतर्फ धनी वर्गको सम्पत्ति तीव्र रूपमा बढ्दै जाँदा आम मानिस आर्थिक दबाबमा परिरहेका छन् ।
अक्सफामले जीवाश्म इन्धनबाट हुने ठूलो नाफा मुख्यतया विश्वका धनी एक प्रतिशतको हातमा पुगिरहेको छ, जसले जलवायु संकटलाई अझ गहिरो बनाइरहेको दाबि गरिएको छ ।
अक्सफामकी जलवायु नीति प्रमुख मारियाना पाओलीले धनी प्रदूषकहरूलाई कर लगाएर मात्र न्यायपूर्ण ऊर्जा संक्रमण सम्भव हुने बताएकी छन् । उनका अनुसार आगामी सम्मेलनमा सरकारहरूले यही दिशामा ठोस कदम चाल्नुपर्नेछ ।
यसैबीच केही ठूला तेल कम्पनीहरूले नवीकरणीय ऊर्जामा लगानी घटाइरहेको पनि रिपोर्टमा उल्लेख छ । अक्सफामले आगामी सम्मेलनमा सरकारहरूलाई जलवायु वित्त बढाउन, धनी तथा प्रदूषक कम्पनीमाथि कर लगाउन, ऋण राहत तथा न्यायपूर्ण ऊर्जा संक्रमणको स्पष्ट मार्गचित्र बनाउन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।