- मध्यपूर्वमा बढ्दो तनावका बीच क्रिस्टियानो रोनाल्डो निजी विमानबाट साउदी अरब छोडेर स्पेनको म्याड्रिड पुगेका छन् ।
काठमाण्डौ, फाल्गुण । मध्यपूर्वमा बढ्दो तनावका बीच क्रिस्टियानो रोनाल्डो निजी विमानबाट साउदी अरब छोडेर स्पेनको म्याड्रिड पुगेका छन् ।
रियादमा रहेको अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण भएपछि सुरक्षा चिन्ता बढ्दै जाँदा उनले साउदी अरब छोडेका हुन् ।
रोनाल्डो हाल साउदी क्लब अल नासरबाट साउदी प्रो लिग खेल्दै आएका छन् । उडान विवरणअनुसार उनको निजी बम्बार्डियर ग्लोबल एक्सप्रेस विमान रियादबाट उडेर मध्यरातअघि म्याड्रिड पुगेको थियो ।
क्षेत्रीय अस्थिरताका कारण धेरै विदेशी नागरिक मध्यपूर्व छोड्ने तयारीमा छन् । बढ्दो हिंसाका कारण एएफसीले पश्चिम क्षेत्रका खेलहरू स्थगित गरेपछि रोनाल्डो पनि परिवारसहित सुरक्षित स्थानतर्फ गएका हुन सक्ने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।