- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान वार्ताका लागि इच्छुक देखिए पनि अहिले भने ढिलो भइसकेको टिप्पणी गरेका छन् ।
एजेन्सी, १९ फाल्गुण । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान वार्ताका लागि इच्छुक देखिए पनि अहिले भने ढिलो भइसकेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ईरानको हवाई सुरक्षा, वायु सेना, नौसेना र नेतृत्व कमजोर भइसकेको दाबी गरेका हुन् ।
यसअघि ट्रम्पले ईरानी नेतासँग वार्ताका लागि आफू तयार रहेको बताएका थिए । उनले ईरानले पहिल्यै वार्तामा आउनुपर्ने उल्लेख गर्दै युद्धअघि अमेरिका र ईरानबीच तीन चरणमा छलफल भइसकेको जानकारी दिएको थियो ।
यसैबीच, रूसी राष्ट्रपति व्लादिमीर पुतिनले पनि ईरानसँग संवाद गर्ने तयारी गरेका छन् । क्रेमलिनका अनुसार पुतिनले खाडी क्षेत्रका नेताहरूको बढ्दो चिन्ता तेहरानसम्म पुर्याउनेछन् ।
पुतिनले मोहम्मद बिन सलमान र शेख तमीम बिन हमद अल थानीसँग टेलिफोन वार्ता गर्दै क्षेत्रीय द्वन्द्व विस्तार हुन सक्ने र त्यसका गम्भीर परिणाम आउन सक्ने विषयमा चिन्ता व्यक्त गरेका थिए ।
हालैका आक्रमणमा साउदी अरेबियाको तेल प्रशोधन केन्द्र, संयुक्त अरब इमिरेट्सको फुजैराह ऊर्जा केन्द्र र कतारको रस लाफान ग्यास केन्द्र प्रभावित भएको बताइएको छ । यसले विश्व ऊर्जा बजारमा समेत असर पारेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।