भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज
२०८२ कार्तिक २५ मङ्गलवार
- भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज हुदैछ । आज विहारका १२२ सिटका लागि मतदान हुन लागेको हो ।
काठमाडौँ, २५ कार्त्तिक । भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज हुदैछ । आज विहारका १२२ सिटका लागि मतदान हुन लागेको हो ।
आज ४५ हजार ३९९ मतदान केन्द्रहरूमा मतदान हुने बताइएको छ । १२२ सिटका लागि १३०२ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् । यी मध्ये ११६५ पुरुष उम्मेदवार, १३६ महिला उम्मेदवार र एक तेस्रो लिङ्गी छन् । जबकि दोस्रो चरणमा ३ करोड ७० लाख मतदाताले मतदान गर्नेछन् । जसमा १ करोड ९५ लाख पुरुष मतदाता छन् भने १ करोड ७४ लाख महिला मतदाता छन् । त्यस्तै ४ लाख ४ हजार अपाङ्ग मतदाता छन् । त्यसैगरी ६३ हजार ३७३ सेवा मतदाता, ९४३ तेस्रो लिङ्गी र ४३ एनआरआई मतदाता रहेका छन् ।
यसअघि १२१ सिटका लागि पहिलो चरणको मतदान गत विहिबार भएको थियो । विधानसभा चुनावको नतिजा नोभेम्बर १४ मा घोषणा गरिँदैछ । पहिलो चरणमा रेकर्ड ६४.६६ प्रतिशत मतदान भएको रेकर्ड गरिएको थियो । यो विहारमा भएको विधान सभा निर्वाचनको अहिलेसम्म भएको सबैभन्दा धेरै मतदान हो ।
बिहार बिधान सभामा २४३ सिट रहेका विहार विधान सभामा यसअघि २०२० मा भएको निर्वाचनमा बिहारमा तेजश्वी यादव नेतृत्वको आरजेडीले ७५ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ७४ र नितिश कुमारको जेडीयूले ४३ सिट जितेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।