बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता
२०८२ असार २३ सोमवार
- यस क्षेत्रका २० प्रभावित काउन्टीहरूमध्ये सबैभन्दा बढी प्रभावित केर काउन्टीमा मात्र कम्तीमा ६८ जनाको मृत्यु भएको छ । जसमा २१ बालबालिका परेका छन् ।
एजेन्सी : दक्षिण–मध्य अमेरिकी राज्य टेक्सास शुक्रबार बिहान आएको भीषण बाढीबाट प्रभावित भएको छ । जसमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्।
यस क्षेत्रका २० प्रभावित काउन्टीहरूमध्ये सबैभन्दा बढी प्रभावित केर काउन्टीमा मात्र कम्तीमा ६८ जनाको मृत्यु भएको छ । जसमा २१ बालबालिका परेका छन् ।
स्थानीय बासिन्दा र अधिकारीहरू विनाशकारी बाढीको प्रभावसँग जुधिरहेका छन्, । प्रभावित क्षेत्रमा रूखहरू उखेलिएका, भग्नावशेष र हिलोले भरिएको देखिन्छ ।
सडक चिन्हहरू पूर्ण रूपमा मेटिएका छन् भने बाढीको तीव्र गतिले धेरै सवारी साधनहरू सडकको छेउमा अडिएका छन् । तिनीहरूका झ्यालहरू फुटेका छन् र फ्रेमहरू बङ्गिएका छन्।
घातक बाढीले यस क्षेत्रका धेरै घरहरूलाई क्षति पु¥याएको छ र प्रभावित क्षेत्रलाई घेरिएको छ । उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।