- चीनको टापु प्रान्त हेनानको दक्षिणी तटमा, देशको पहिलो व्यावसायिक पानीमुनि कम्प्युटर केन्द्र सञ्चालनमा ल्याइएको हो ।
एजेन्सी : विश्वभर एआईको प्रभाव बढिरहेका बेला चीनले पहिलो पटक व्यावसायिक रुपमा पानीमुनि कम्प्युटिङ केन्द्र स्थापना गरेको छ ।
चीनको टापु प्रान्त हेनानको दक्षिणी तटमा, देशको पहिलो व्यावसायिक पानीमुनि कम्प्युटर केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले देशव्यापी एकीकृत कम्प्युटिङ नेटवर्क निर्माण गर्ने ठूलो योजनामा प्रमुख रुपमा भूमिका खेल्ने अनुमान गरिएको छ ।
पानीमुनि केन्द्रको सेवा प्रदायक र विकासकर्ता, हाइकलाउड टेकको हाइनान शाखाका उपमहाप्रबन्धकले हाइकलाउड टेक्नोलोजी हेनान शाखाका उपमहाप्रबन्धक वाङ शिहुआले यस्तो केन्द्रले उर्जा बचतमा सहयोग पुग्नेछ ।
‘चीनभरि परम्परागत जमिनमा आधारित कम्प्युटिङ केन्द्रहरूको औसत पावर उपयोग प्रभावकारिता लगभग १.४८ छ। हेनान अन्डरसी कम्प्युटिङ सेन्टरको १.१२ र १.१५ को बीचमा छ। जमिनमा र समुन्द्रमा आधारित कम्प्युटिङ केन्द्रहरू दुवैमा एक मेगावाट पावर वितरण छ भने, समुन्द्रमा रहेका सुविधाहरूले लगभग ३० प्रतिशत देखि ४० प्रतिशत बिजुली बचत गर्न सक्छन्,’ उपमहाप्रबन्धकले भनेका छन् ।
विगत तीन वर्षमा, चीनले वर्षको अन्त्यसम्ममा आफ्नो कुल कम्प्युटिङ पावर ३०० मा बढाउने लक्ष्यका साथ देशभरका विभिन्न स्थानहरूमा कम्तिमा १० राष्ट्रिय डाटा सेन्टर क्लस्टरहरू विकास गरिरहेको छ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।