ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने
२०८१ माघ २० गते आईतवार
- शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरेका थिए । ह्वाइट हाउसले चीनबाट हुने सबै आयातमा विद्यमान भन्सारभन्दा माथि १० प्रतिशत कर लगाउने बताएका हुन् ।
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर चीनले त्यसको विरोध गरेको छ ।
शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरेका थिए । ह्वाइट हाउसले चीनबाट हुने सबै आयातमा विद्यमान भन्सारभन्दा माथि १० प्रतिशत कर लगाउने बताएका हुन् ।
तर चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी ट्रम्पको उक्त निर्णयले चीन पूरै असन्तुष्ट रहेको जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले व्यापार युद्धमा कुनैपनि जित नहुनेमा चीन सधैं विश्वास गर्ने र आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अडिग रहेको बताए ।
वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले भन्सारको मुद्दामा चीनको अडान स्थिर रहेको बताए। अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा पनि २५ प्रतिशत कर लगाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।