- सेनाले आक्रमण हमास लडाकूहरूलाई त्यहाँ पुनर्गठन हुनबाट रोक्ने प्रयास भएको बताएको छ ।
गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ बताएको छ ।
अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजामा विशेष गरी जबालिया सहर र यसको छेउछाउको शरणार्थी शिविरलाई लक्षित गर्दै ठूलो भूमि र हवाई आक्रमण गरिरहेको छ ।
सेनाले आक्रमण हमास लडाकूहरूलाई त्यहाँ पुनर्गठन हुनबाट रोक्ने प्रयास भएको बताएको छ । यद्यपि उद्धारकर्ताहरूले आक्रमणले पहिले नै हजारौँ नागरिकको ज्यान लिइसकेको बताएका छन् ।
“जबालिया सहरमा विस्थापित मानिसहरू बसिरहेको घरमा मध्यरातपछि भएको यो नरसंहारमा १५ जना मारिए र २० जनाभन्दा बढी घाइते भए”, नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने ।
सम्पर्क गर्दा इजरायली सेनाले रिपोर्ट गरिएको आक्रमणबारे अनुसन्धान गरिरहेको बतायो ।
बासलले घरमा बस्नेहरू बद्रा, अबु वर्दा र तरुस परिवारका सदस्यहरू रहेको बताउनुभयो । उनीहरूले त्यहाँ शरण लिएका थिए ।
गत वर्ष अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजाका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक विस्थापित भएका छन् ।
जबालियाको आक्रमणमा मृत्यु भएका र घाइतेहरूलाई अल–ममदानी अस्पतालमा लगिएको आफ्नो पहिलो नाम बताउने उद्धारकर्ता मोहम्मदले जानकारी दिए ।
“उनीहरूलाई लक्षित घरको भग्नावशेषमुनिबाट बाहिर निकालिएको थियो”, उनले भने । केही पीडितका आफन्तका अनुसार उद्धारकर्ताहरूले अझै पनि भग्नावशेषमुनि बाँचेका व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।