हमास प्रमुख सिनवार मारिएको दावी

२०८१ कार्तिक १ गते, विहिबार
सारांश
  • इजरायलको रक्षा बल र देशको घरेलु सुरक्षा एजेन्सी शिन बेटले हमास आतंककारी प्रमुख याह्या सिनवार गाजा पट्टीमा बिहीबार मारिएको हो कि होइन भनेर अनुसन्धान गरिरहेको घोषणा गरेको छ।

इजरायलको रक्षा बल र देशको घरेलु सुरक्षा एजेन्सी शिन बेटले हमास आतंककारी प्रमुख याह्या सिनवार गाजा पट्टीमा बिहीबार मारिएको हो कि होइन भनेर अनुसन्धान गरिरहेको घोषणा गरेको छ।

 

एजेन्सीहरूले एक संयुक्त विज्ञप्तिमा भनेका छन् "गाजा पट्टीमा IDF कारबाहीका क्रममा, तीन आतंककारीहरूलाई मारिएको थियो""आतंककारीहरू मध्ये एक याह्या सिनवार हुन सक्ने सम्भावना रहेको छ।"

 

आतंककारी संगठन हमासका नेता सिनवारलाई अक्टोबर ७ को नरसंहारकारी आक्रमणको प्रमुख योजनाकारको रुपमा मानिन्छ।  इजरायली रक्षा बलका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल रिचर्ड हेचले गत अक्टोबरमा पत्रकारहरूलाई भनेका थिए, "सिनवार गाजामा हमासका नेता हुन् र उनी हिँडिरहेका मृत मानिस हुन्।"

 

"हामी उनलाई भेट्नेछौं, जतिसुकै लामो समय लागेपनि ... र यो युद्ध लामो हुन सक्छ," उनले भनेका थिए।

 

सिनवार प्यालेस्टिनी क्षेत्रमा कतै रहेको मानिन्थ्यो। हमासले हतियार र लडाकुहरू ढुवानी गर्न प्रयोग गर्ने गहिरो भूमिगत सुरुङ्गमा लुकेको हुनसक्थ्यो जहाँ हमासले बन्धकहरूलाई पनि राखेको आशंका गरिन्थ्यो।

 

स्रोतहरूका अनुसार, सिनवार सधैं एक लडाकू कार्यकर्ताका रुपमा थिए र सन् १९८७ मा हमासको स्थापना लगत्तै उक्त संगठनमा सामेल भएका थिए। त्यसको दुई वर्षपछि, दुई इजरायलीहरूको अपहरण र हत्यामा संलग्न भएको आरोपमा उनलाई इजरायलले गिरफ्तार गरेको थियो।

 

 

आजीवन जेल सजाय सुनाइएको सिनवारले इजरायलाको जेलमा २२ वर्ष बिताएका थिए। र अन्ततः २०११ मा प्यालेस्टाईनहरूद्वारा अपहरण गरिएका इजरायली सैनिक गिलाड शालितको लागि कैदी आदानप्रदानको क्रममा उनि रिहा भएका थिए । 

 

ईजरायलले तत्कालिन समयमा आफ्नो एक सैनिक गिलाड शालितको बदलामा १,०२७ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सहमत भएको थियो। सम्झौता दुई चरणमा गरिएको थियो। 

 

अदलाबदलीको पहिलो चरणमा रिहा भएका उच्चस्तरीय कैदीमध्ये सिनवार पनि एक थिए । सिनावारको रिहाई हमासको लागि महत्वपूर्ण लाभ थियो, जसले आतंकवादी संगठन हमासको नेतृत्व र मनोबल बढाएको थियो। 

 

ईजरायलको जेलमा रहदा उनी प्यालेष्टाईन कैदीहरूको नेता बन्न सफल भएका थिए र सबै प्यालेस्टिनी कैदीहरूका बिचमा प्रभावशाली व्यक्तित्व थिए।

 

गाजामा फर्किएपछि, सिनवार मुस्लिम ब्रदरहुडको सहयोगी हमास संगठनमा लोकप्रिय नेता बने।  

 

ईजरायलको प्रमुख निसानामा रहेका सिनवार मारिएको समाचार पुष्टि हुन बाँकी छ, तथापि उनको जस्तै अनुहार भएको एक अंगभंग शरीर भएका मृत व्यक्तिको तस्विर सामाजिक संजालमा यतिबेला भाईरल बनिरहेको छ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार