- भुराजनीतिमा कसले “चोकिङ्ग” गर्न सक्ने र कसले सबैभन्दा पहिला सम्बन्धित देशको राजनीतिक केन्द्रमा कब्जा गर्न क्षमता राख्ने भन्ने विषय ज्यादै महत्वपूर्ण हुन्छ ।
सिन्धुली गढी, जहाँ गोर्खाली सेनाले क्याप्टेन किनलक नेतृत्वको ब्रिटिस फौजलाई सन् १७६७ पराजित गरेको थियो । त्यस समयमा धेरै कम युद्धमा हार खाएको ब्रिटिस फौजको योे हिमाली क्षेत्रमा पहिलोपटक पराजित भएको क्षण थियो । सिन्धुली गढी काठमाडौँ उपत्यकाबाट करिब ७५ किलोमिटरको दूरीमा मात्र रहेको ऐतिहासिक स्थल हो । यदि किनलकको फौजले काठमाण्डौंका तत्कालिन मल्ल राजा जयप्रकाश मल्ललाई सघाएर गोरखाली फौजलाई धपाएको भए, सायद नेपालको इतिहास आज अर्कै हुन्थ्यो होला । किनभने तत्कालिन समयमा अंग्रेजहरु जसलाई सघाउथे त्यसैको सत्ता विभिन्न रणनीति प्रयोग गरेर हत्याउथे ।
तीन शक्ति राष्ट्रहरु
आजको सन्दर्भमा चर्चा गर्दा यही सिन्धुली जिल्लामा चीन, भारत र अमेरिका गरेर तीन शक्ति राष्ट्रहरु सामुहिक रुपमा सुनकोशी मरिन डाईभर्सन बहुउद्देशिय परियोजनामा मिलेर काम गरेका छन् । यो परियोजनाको सुरुङ्ग चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कं., लिमिटेडले निर्माण गर्दैछ । बाँध र पावरहाउस भारतको पटेल इन्जिनियरिङले निर्माण गर्दैछ । साथै यो परियोजनामा प्रयोग गरिएको टनेल बोरिङ मेसिन, अमेरिकी कम्पनी द रोबिन्स को हो जसको प्रयोग गरेर सुरुङ्ग ब्रेकथ्रु भएपछि अमेरिकी राजदुतले खुशी व्यक्त गरेका थिए ।
अमेरिकी राजदूत डिन आर. थम्पसनले भने, “यो अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण हो, जसले नेपालको जलस्रोतमा पहुँच सुधार गर्न मद्दत गरेको छ । रोबिन्सको टनेल बोरिङ मेसिनमार्फत १९ महिनामा निर्माण सम्पन्न भएको यो सुरुङ — तोकिएको समयभन्दा ११ महिनाअघि — सकिनु नेपालले परियोजनाहरू समयमै मात्र होइन, समयभन्दा अगाडि पनि सम्पन्न गर्न सक्छ भन्ने प्रमाण हो,” उनले समाजिक सञ्जाल 'एक्स'मा लेखेका थिए ।
चोकिङ्गको सम्भावित उद्देश्य
यो सामुहिक मिलन यी तीन शक्ति राष्ट्रहरुको नेपालको अरु जिल्लामा देखिदैन । सिन्धुलीगढी काठमाण्डौंबाट करिब ७५ किलोमिटर नजिक र तराई तथा भारतीय सीमाबाट करिब ८० किलोमिटर नजिक छ । सिन्धुली समथर तराई भूभाग र पहाडी क्षेत्रको मध्य भागमा अवस्थित भएकाले यो भारतको सिमाना (दक्षिणी भाग) र काठमाडौँ उपत्यकाबीच आवतजावतको लागि एक एतिहासिक प्राकृतिक प्रवेशद्वार हो । यो बीपी राजमार्ग (बनेपा–बर्दिबास)सँग जोडिएको छ, जुन पूर्व–पश्चिम दिशा जोड्ने एक प्रमुख मार्ग हो । यसले काठमाणडौंलाई पूर्वी तराईसँग छोटो र छिटो मार्ग मार्फत जोड्ने काम गर्दछ ।
स्मरण होस् , बीपी राजमार्ग अहिले डबल लेनको छैन । यो डबल लेन नबाउन वा बनाउनु पर्छ भन्ने विषयमा शक्ति राष्ट्रहरु बीच मतभेद भएको थियो । तर भकुण्डेबेसी देखि नेपालथोक सम्म पुनर्निर्माण गरिन लागेको सडकलाई माध्यमिक लेनबाट दोहोरो लेनमा रूपान्तरण गरिने उल्लेख गरिएको छ। यसरी सम्पूर्ण बीपी राजमार्गलाई दोहोरो लेन बनाउने योजना अघि बढाउँदै गर्दा त्यसले सिर्जना गर्न सक्ने भूराजनीतिक अवस्था कस्तो हुन्छ भन्ने कुरालाई गम्भीरतापूर्वक हेर्न आवश्यक छ। भुराजनीतिमा कसले “चोकिङ्ग” गर्न सक्ने र कसले सबैभन्दा पहिला सम्बन्धित देशको राजनीतिक केन्द्रमा कब्जा गर्न क्षमता राख्ने भन्ने विषय ज्यादै महत्वपूर्ण हुन्छ । नेपालको तराईको सीमामा रहेको भारत र सिन्धुलीमा उपस्थिति जनाएको चीन र अमेरिकाले कसले कति बेला कहाँ “चोकिङ्ग” गर्ने भन्ने हो । साथै लगभग करिब १०० किलोमिटरको दूरीमा तराई क्षेत्रबाट दरभंगा, बिहार मा भारतीय वायुसेना (Indian Air Force) को स्टेशन पनि अवस्थित छ। तराईको समथल भूभाग भएकाले त्यहाँबाट नेपाल सीमा पुग्न २ घण्टा भन्दा बढी लाग्दैन।
फेरि त्यही सिन्धुली जिल्लामा अर्को महत्वाकांक्षी आयोजना पनि अघि बढ्दैछ । प्रम केपी शर्मा ओलीले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै भने, “चीनको सिचुवान प्रान्तस्थित चेंग्दु जिआन फुड कम्पनीलाई सिन्धुलीको मरिण गाउँपालिका–४ मा रु. २० अर्बको प्रत्यक्ष वैदेशिक लगानीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट अनुमति प्राप्त भएको छ ।” यसैले यी सबै अवस्थाहरुलाई विचार गर्दा इतिहास देखिको सिन्धुलीको रणनीतिक महत्व कम नभएको आभाष हुन्छ ।
अन्त्यमा,
नेपालमा वैदेशिक लगानी र भुराजनीतिक टकराव दुवै पानीमा घोलिएको फलफुलको रस झैं आउँछ । हामीलाई पूँजीवादको व्यापक विस्तार गर्न वैदेशिक लगानीको पनि अति आवश्यक छ र भुराजनीतिक टकराव पनि मिलाउन ल्याकत विकास गर्नुपर्ने छ । त्यसैले हरेक पाइला नेपाल जस्तो देशले नाँपेर हिड्नु पर्ने बाध्यता छ । चटके र पपुलिष्ट नेतृत्वको हातमा गयो भने झन् तावाबाट उम्केर भुङ्ग्रोमा परेको जस्तो हुनसक्छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पुर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर
-
कांग्रेस नेता ढकालद्वारा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा निर्वाचन घोषणापत्रमा समेट्न लिखित प्रस्ताव
-
मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
-
ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
-
काँग्रेसमै फर्किंइन् रास्वपा जुम्ला उपसभापति तारा शाही
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।