ज्योतिषशास्त्र – समयसँग संवाद गर्दै आएको सनातन विज्ञान
२०८१ फागुन १० गते शनिवार
- पश्चिमा वैज्ञानिकहरूले पनि ज्योतिषका केही अंशहरूलाई स्वीकार गरेका छन्, यद्यपि तिनीहरूले यसलाई पूर्ण विज्ञानको रूपमा प्रमाणित गर्न सक्ने आधारहरू पाएका छैनन्।
"वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥
विघ्नेश्वराय वरदाय सुरप्रियाय
लम्बोदराय सकलाय जगद्धिताय।
नागाननाय श्रुतियज्ञविभूषिताय
गौरीसुताय गणनाथ नमो नमस्ते॥"
१) ज्योतिष परिचय र यसको व्यवहारिक महत्त्व:
ज्योतिषशास्त्र (Astrology) ज्योतिषशास्त्र बुझ्नका लागि "ज्योतिष" शब्दको अर्थ बुझ्न आवश्यक हुन्छ। "ज्योतिष" शब्द ज्योति र ईश मिलेर बनेको हुन्छ।ज्योति भन्नाले उज्यालो, प्रकाश वा तेजलाई जनाउँछ। ईश भन्नाले ईश्वर अर्थात् परमात्मालाई जनाउँछ। यस अर्थमा, "ज्योतिषशास्त्र भन्नाले ग्रह-नक्षत्र तथा देवताहरूले सम्पूर्ण प्राणी माथि पार्ने प्रभावको अध्ययन गर्ने विज्ञान हो।" - पौडेल, स. (२०७६) ज्योतिष चिन्तामणि ।
वर्तमान समयमा हरेक क्षेत्र (व्यक्ति, व्यवसाय, लगानिकर्ता, संस्था, संगठन, उद्योग, शिक्षा वा मानव र मानव सभ्यता नै किन नहोस् विविध विधाको अन्तिम उदेश्य "What Next?" भन्ने प्रश्नसँग अर्थात हरेक विधा भविस्यको अनिश्चिततामा आफ्नो अनुकुल उपस्थिति र उपायको लागि संघर्षरत छन्। शिक्षा मार्फत उपलब्ध गराइएको सुचनाहरु पनि व्यवाहरिक ज्ञानको रुपमा उपयोग गरि विशिष्टता (uniqueness) प्रदान गर्न ध्याय राख्दछ। ज्योतिषशास्त्र पनि समय, परिस्थिति, ग्रहयोग, र व्यक्तिगत योग्यता अनुसार सही दिशा पहिल्याउन मद्दत गर्न सनातनि विधि (technique) हो।
जीवन वा जीवन पद्धतिको महत्वपूर्ण निर्णय— करियर, विवाह, स्वास्थ्य, वा आर्थिक लगानी— सही दिशामा गरिएमा मात्र सफलता प्राप्त हुन्छ, र यहीँ ज्योतिषशास्त्रको भूमिका स्थापित हुन्छ। व्यवसायमा शुभ समय निर्धारण, शिक्षामा उपयुक्त विषय छनोट, वा व्यक्तिगत जीवनमा सही निर्णय लिन ज्योतिषले वैज्ञानिक गणनाका आधारमा मार्गदर्शन आदि व्यक्तिको आन्तरिक जीवन मात्र होइन मानव सभ्यतालाई जागृत र उजागर गर्न , आत्म देखि अस्तित्वसम्मकै एउटा अध्य्यनको विषय छ। ग्रहहरूको प्रभावलाई बुझेर सही उपाय अवलम्बन गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दछ।
यसैले, ज्योतिष केवल अन्धविश्वास होइन, यसमा केही सिमितता छ्न यस अलावा यो एक गणितीय, खगोलीय, र व्यवहारिक ज्ञान पनि हो, जसको क्षेत्र विराट छ जसको गहन अध्य्यन र अनुसन्धान बाट सही समयमा सही निर्णयगर्न मार्गदर्शन गर्दछ। ज्योतिषको बृहत् क्षेत्र र वैज्ञानिक आधार र महत्वहलाई उजागर गर्न हेतुले यश भागमा ज्योतिषको परिचय र आधुनिक युगमा सनातन विज्ञानको सान्दर्भिकता र महत्वलाई यश अंशमा स्पष्ट गर्न कोसिस गरिएको छ।
क) ज्योतिषको प्राचीनता:
मानव जातिको इतिहासमा जति अनुसन्धानहरू भएका छन्, तिनमा यस्तो कुनै पनि समय भेटिएको छैन जब ज्योतिषशास्त्र वा ज्योतिषिय गणना अस्तित्वमा थिएन। जीससको जन्म भन्दा २५,००० वर्षअघि Lebombo Bone (३७,००० वर्ष पुरानो) , हड्डीका अवशेषहरू भेटिएका छन्, जसमा ज्योतिषीय चिन्हहरू अंकित छन्। यी हड्डीहरूमा चन्द्रमाको यात्रा तथा ज्योतिषीय गणनाका चिह्नहरू पाइएका छन्।
"पश्चिमी अनुसन्धानका अनुसार यी अवशेषहरू ज्योतिषको प्राचीन अस्तित्व प्रमाणित गर्छन्। तर सनातन सभ्यतामा ज्योतिषको इतिहास अझै पुरानो रहेको प्रमाणित छ। ऋग्वेदमा ९५,००० वर्ष पहिलेको ग्रह-नक्षत्रहरूको स्थितिको उल्लेख पाइन्छ। लोकमान्य तिलक (बाल गङ्गाधर तिलक)ले यही आधारमा निष्कर्ष निकालेका थिए कि ज्योतिष कम्तीमा ९०,००० वर्ष पुरानो हुनुपर्छ।"- रजनिस ओशो।
यो कसरी सम्भव भयो ? त्यो समयमा नक्षत्रहरूको स्थिति के थियो भन्ने जानकारी पछि प्राप्त गर्न कुनै साधन थिएन। तर अहिले विज्ञानको प्रगतिसँगै हामी गत हजारौं वर्षको ग्रह-नक्षत्रहरूको स्थिति पहिचान गर्न सक्षम भएका छौं।
ख) वेद र ज्योतिषशास्त्र:
ज्योतिषशास्त्रको उत्पत्ति वेद बाट भएको हो।
चार वेदहरू हुन्— ऋग्वेद, यजुर्वेद, सामवेद,अथर्ववेद
यिनै चतुर्वेदबाट आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, र ज्योतिषशास्त्रको विकास भएको मानिन्छ।
३) पश्चिमा वैज्ञानिकहरूको ज्योतिषप्रति धारणा:
पश्चिमा वैज्ञानिकहरूले पनि ज्योतिषका केही अंशहरूलाई स्वीकार गरेका छन्, यद्यपि तिनीहरूले यसलाई पूर्ण विज्ञानको रूपमा प्रमाणित गर्न सक्ने आधारहरू पाएका छैनन्। यद्यपि, तिनीहरूले ज्योतिषको इतिहास र प्रभावलाई एउटा सांस्कृतिक र मानसिक अध्ययनको रूपमा महत्त्व दिएका छन्।
कार्ल युंग (Carl Jung, Psychologist) "I am not an astrologer, but I have learned a great deal from the concept of the 'astrological archetypes' and their psychological relevance."
("म ज्योतिषी होइन, तर मैले 'ज्योतिषीय आदर्श' र तिनका मानसिक महत्त्वबाट धेरै कुरा सिकेको छु।")
स्टीफन हॉकिङ्स (Stephen Hawking, Theoretical Physicist) "I cannot prove that astrology works, but it is interesting that ancient cultures had a system of identifying celestial influences on human beings." ("मैले ज्योतिष काम गर्छ भन्ने प्रमाण दिन सक्दिन, तर यो चासोको कुरा हो कि प्राचीन सभ्यताहरूले मानिसमाथि आकाशीय प्रभावहरूको पहिचान गर्ने एक प्रणाली विकास गरेका थिए।")
यी उद्धरणहरूले पनि स्पष्ट पार्छ, पश्चिमी वैज्ञानिकहरू ज्योतिषको ऐतिहासिक र सांस्कृतिक पक्षलाई महत्त्व दिन्छन् र यसलाई पूर्ण विज्ञानको रूपमा प्रमाणित गर्न भने आधार नभएको स्वीकार गर्दछन्। जसको कारण यो परम्परा, दर्शन र मानसिक अवस्थाहरूको अध्ययन गर्नका लागि एक महत्त्वपूर्ण पद्धति बनेको छ।
क) ग्रह र नक्षेत्रको मानवीय जिवनमा प्रभाव:
अ) पैरासेल्ससको (Paracelsus) चिकित्सा दर्शन:
स्विस चिकित्सक पैरासेल्ससले स्वास्थ्यको परिभाषा पुनः परिभाषित गरे। परम्परागत चिकित्सा प्रणालीले स्वास्थ्यलाई रोगको अभावको रूपमा व्याख्या गर्छ, जुन नकारात्मक परिभाषा हो। तर, पैरासेल्ससले स्वास्थ्यलाई सकारात्मक रूपमा हेर्दै भने— "स्वास्थ्य भनेको शरीर र ब्रह्माण्डीय संगीतबीचको पूर्ण सन्तुलन हो।"
पैरासेल्ससले कुनै पनि बिरामीको उपचार गर्नुअघि उसको जन्मकुण्डली अध्ययन गर्थे। उनले ग्रह-नक्षत्रहरू र मानव स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको पत्ता लगाए। यदि कुनै व्यक्ति आफ्नो जन्म समयमा अंकित भएको खगोलीय समीकरण संग असन्तुलित हुन्छ भने, ऊ बिरामी पर्न सक्छ। जब ऊ पुनः आफ्नै मौलिक समिकरण सँग सामञ्जस्यमा आउँछ, ऊ स्वस्थ हुन थाल्छ।
आ) विज्ञान र ज्योतिषको पुनरागमन( १९५० पछि):
सन् १९५० पछि, आधुनिक विज्ञानले ज्योतिष र खगोलशास्त्रलाई पुनः गम्भीर रूपमा लिन थाल्यो। यही समयमा कॉस्मिक केमिस्ट्री (ब्रह्म रसायन) नामक नयाँ विज्ञानको जन्म भयो, जसको प्रवर्तक थिए जी. इ. गर्डी (G.I. Gurdjieff (ग्रिगोरी इवानोविच गर्डी) एक प्रसिद्ध रूसी-आर्मेनी दार्शनिक, शिक्षक, संगीतकार, और रहस्यमय विचारक)
गर्डी (G.I. Gurdjieff's) ले सम्पूर्ण ब्रह्माण्ड एक जीवन्त (Organic Unity) रूप हो भनी प्रमाणित गरे । कुनै एक भागमा भएको परिवर्तनले सम्पूर्ण प्रणालीलाई असर पार्छ। उदाहरणका लागि, यदि हाम्रो शरीरको कुनै सानो भाग (जस्तै औंलो) घाइते हुन्छ भने, पूरै शरीरले त्यसको पीडा महसुस गर्छ। ठीक त्यसैगरी, यदि कुनै ग्रह वा नक्षत्रमा विशेष परिवर्तन हुन्छ भने, पृथ्वीका घटनाहरूमा यसको प्रभाव देखिन सक्छ।
ख) ब्रह्माण्डीय रसायनशास्त्र र मानव जीवनमा यसको प्रभाव:
ब्रह्माण्ड—एक संगठित शरीर कॉस्मिक केमिस्ट्री (ब्रह्म रसायनशास्त्र) का अनुसार, पूरै ब्रह्माण्ड एक जीवन्त शरीर हो। कुनै पनि वस्तु पूर्ण रूपमा अलग छैन; सबै चीजहरू आपसमा गहिरो रूपमा सम्बद्ध छन्। उदाहरणका लागि, सूर्यमा जब ठूलो ज्वालामुखी विस्फोट (solar flare) हुन्छ, तब पृथ्वीमा मानव शरीरको रक्तचाप (blood circulation) समेत परिवर्तन हुन सक्छ।
जापानी वैज्ञानिक मातो (Takashi Mato) ले स्त्रीहरूको रक्त संरचनामा गरेको अनुसन्धानले यो सिद्ध गर्यो कि महिलाहरूको रक्त मासिक धर्म वा गर्भावस्थाको समयमा पतलो हुन्छ, जुन पुरुषहरूमा देखिँदैन। तर जब सूर्यमा आणविक तूफान चले, उनले पत्ता लगाए कि पुरुषहरूको रक्त पनि पतला भएको थियो। यसले पुष्टि गर्यो कि सूर्यको गतिविधिले मानव शरीरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
अ) फ्रैंक ब्राउन र ग्रहहरूको प्रभाव :
अमेरिकी वैज्ञानिक फ्रैंक ब्राउन (Frank Brown) ले पृथ्वीबाहिर जाने अन्तरिक्ष यात्रुहरूका लागि अनुसन्धान गरे। पश्चिमी विज्ञानले पहिले मान्थ्यो कि पृथ्वीको वायुमण्डल सकिएपछि अन्तरिक्ष खाली (vacuum) हुन्छ। तर अनुसन्धानहरूले देखाए कि अन्तरिक्ष शून्य छैन, बरु अत्यन्त ऊर्जावान छ।
ब्राउनले मानव सहनशीलताको परीक्षण गर्न सर्वप्रथम आलु (potato) अन्तरिक्षमा पठाए। किनभने उनका अनुसार, आलु र मानव शरीरको आधारभूत गुणधर्महरूमा समानता छ। यदि आलु अन्तरिक्षमा बिग्रियो भने, मानव शरीर पनि त्यहाँ टिक्न सक्दैन। अर्को अनुसन्धानले पृथ्वीभित्र गाडिएको कुनै पनि बीउ (seed) सूर्यको ऊर्जा पाउनासाथ अङ्कुरित हुन्छ भन्ने तथ्य देखायो। यसको अर्थ ग्रहहरूको ऊर्जा मात्र भौतिक स्तरमा सीमित छैन, यसले जीवन चक्र नै प्रभावित गर्न सक्छ।
आ) प्लेनेटरी हेरेडिटी र ज्योतिषको वैज्ञानिक आधार (Planetary Heredity and the Scientific Basis of Astrology)
पश्चिमी वैज्ञानिकहरू हाल प्लेनेटरी हेरेडिटी (ग्रह वंशानुक्रम) को अवधारणा अनुसन्धान गरिरहेका छन्। पुरातन ज्योतिषशास्त्रमा ‘होरोस्कोप’ (Horoscope) शब्दको प्रयोग गरिन्थ्यो, जुन यूनानी शब्द होरोस्कोपोस बाट आएको हो, जसको अर्थ हुन्छ— "जन्मको क्षणमा ग्रहहरूको स्थिति अवलोकन गर्नु।"
जब कुनै बच्चा जन्मन्छ, त्यही क्षण उसको जन्मस्थानमा अनेकौं ग्रह, नक्षत्रहरू विभिन्न अवस्थाहरूमा रहन्छन्। केही उदाउँदै (rising) हुन्छन्, केही अस्ताउँदै (setting) हुन्छन्। वैज्ञानिकहरू भन्छन्, "हामी यो अझै प्रमाणित गर्न सकेका छैनौँ ग्रहहरूले व्यक्तिलाई प्रत्यक्ष रूपमा कसरी असर गर्छन्, तर हामी निश्चयपूर्वक भन्न सक्छौँ जीवन स्वयं ग्रहहरूको प्रभावमा छ।"
निष्कर्ष
विज्ञान र ज्योतिषबीचको सम्बन्ध गहिरिँदै गएको छ। जहाँ विज्ञान पहिले ग्रहहरूको प्रभावलाई अस्वीकार गर्थ्यो, अहिले उनिहरुले स्विकार्न थालेको छन, ग्रहीय ऊर्जा (cosmic energy) ले जीवनलाई प्रभाव पार्छ।
४) पृथ्वीको उपग्रह चन्द्रमा: वैदिक ज्योतिष र आधुनिक विज्ञानको दृष्टिकोण:
पृथ्वीको उपग्रह चन्द्रमा एक अत्यन्त महत्वपूर्ण खगोलीय वस्तु हो जसले केवल पृथ्वीको प्राकृतिक प्रणालीमा मात्र होइन मानव जीवनमा पनि महत्त्वपूर्ण प्रभाव पार्दछ। यसलाई वैदिक ज्योतिष र आधुनिक विज्ञान दुबैको दृष्टिकोणले अध्ययन गरिएको छ। यी दुई दृष्टिकोणहरू चन्द्रमाको प्रभाव र यसको भूमिकामा समान र भिन्नतासँग व्याख्या गर्छन्।
क) वैदिक ज्योतिषमा चन्द्रमा:
वैदिक ज्योतिषमा चन्द्रमा मनोबल, मानसिक स्थिति, भावना, र मानसिका सन्दर्भमा गहिरो प्रभाव पार्दछ। चन्द्रमालाई "मनोका कारक" भनिन्छ, र यसको स्थिति ग्रहण गरेर व्यक्ति के सस्तो अवस्थामा रहनेछ भन्ने भविष्यवाणी गर्न सकिन्छ।
चन्द्रमाको प्रभाव:
• चन्द्रमा र मानसिक स्वास्थ्य: चन्द्रमाको अवस्था मनोवृत्तिका साथ सिधा सम्बन्धित हुन्छ। चन्द्रमालाइ मनको कारक ग्रह पनि भनिन्छ। चन्द्रमा कमजोर हुनु भनेको मानसिक अशान्ति र भावनात्मक असन्तुलनको संकेत हुन्छ। यसको उल्टो, बलियो चन्द्रमा व्यक्ति केही हदसम्म शान्त र सन्तुलित मानसिक अवस्था राख्छ।
• राशि र चन्द्रमा: चन्द्रमाको स्थान कस्तो राशिमा छ भन्ने आधारमा व्यक्तिको व्यक्तिगत जीवन र भविष्यवाणी गरिन्छ।
• चन्द्रग्रहण: जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ, चन्द्रग्रहण हुन्छ। त्यसको प्रभावले मनोविकृति, मानसिक तनाव, र शारीरिक स्वास्थ्यमा समस्या ल्याउन सक्छ।
ख) आधुनिक विज्ञानमा चन्द्रमा:
आधुनिक विज्ञानले चन्द्रमालाई पृथ्वीको उपग्रहको रूपमा अध्ययन गर्दछ र यसका विभिन्न प्रभावहरूलाई खगोलशास्त्र र भौतिकीको दृष्टिकोणबाट व्याख्या गर्दछ।
• चन्द्रमा र महासागरीय ज्वार: चन्द्रमाको गुरुत्वाकर्षणले पृथ्वीको महासागरमा ज्वार (Tides) ल्याउँछ। जब चन्द्रमा पृथ्वीको नजिक आउँछ, यसले ज्वारको स्तर उच्च बनाउँछ, र जब चन्द्रमा पृथ्वीबाट टाढा जान्छ, ज्वारको स्तर घट्छ।
• चन्द्रमाको गुरुत्वाकर्षण र पृथ्वीको स्थिरता: चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको ध्रुवीय स्थिरता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसको प्रभावले पृथ्वीको अक्षीय झुकाव (Axial Tilt) को स्थितिमा स्थिरता ल्याउँछ जसले मौसम र जीवनका लागि अनुकूल अवस्था बनाउँछ।
• चन्द्रमाको सतह र परिक्रमा: चन्द्रमा पृथ्वीको चारैतिर २७.३ दिनमा एक परिक्रमा पूरा गर्दछ। यसको सतहमा गहिरा गढहरू र सानो पर्वत श्रृंखलाहरू छन्, जसको अध्ययनले भूतकालमा चन्द्रमा र पृथ्वीको परस्पर सम्बन्धलाई बुझ्न मद्दत पुर्याउँछ।
ग) चन्द्रमाको प्रभाव: वैदिक र विज्ञानको मिश्रण:
चन्द्रमा वैदिक ज्योतिष र आधुनिक विज्ञान दुवैको दृष्टिकोणमा महत्त्वपूर्ण स्थान राख्छ, यद्यपि यी दुईले यसका प्रभावलाई फरक दृष्टिकोणबाट हेर्छन्। वैदिक ज्योतिषमा चन्द्रमाले व्यक्ति र समाजको मानसिक अवस्था र भावनात्मक स्वास्थ्यमा प्रभाव पार्ने कारक मानिन्छ भने, आधुनिक विज्ञानमा यसलाई खगोलशास्त्र र प्राकृतिक प्रक्रियाहरूको कागजमा अध्ययन गरिन्छ।
चन्द्रमा सँगको समानात्मकताहरू भनेको यसको प्रभाव पृथ्वीमा ठुलो मात्रामा महसुस गर्न सकिन्छ, चाहे त्यो मानसिक स्वास्थ्य हो या प्राकृतिक घटनाहरू जस्तै ज्वार, मौसम र पृथ्वीको स्थिरता। एक वैज्ञानिक प्रयोग अनुसार, जब पृथ्वी बाहिर कृत्रिम उपग्रहहरू प्रक्षेपण गरियो, तब ब्रह्माण्डभरिबाट ग्रह-नक्षत्रहरूबाट अनगिन्ती ऊर्जा तरंगहरू पृथ्वीमा आइरहेको थाहा भयो। तिनीहरूले पृथ्वीमा रहेका प्रत्येक वस्तुमा प्रभाव पार्छन्।
उदाहरणका लागि, चन्द्रमाले समुद्रका ज्वारभाटा नियन्त्रण गर्छ, किनभने समुद्रको पानी चन्द्रमाको गुरुत्वाकर्षण शक्तिबाट प्रभावित हुन्छ। तर, अर्को रोचक तथ्य के छ भने मानव शरीरभित्र पनि उस्तै अनुपातमा पानी र नुन पाइन्छ, जस्तो समुद्रमा पाइन्छ। यदि चन्द्रमाले समुद्रलाई असर गर्छ भने, मानिसको शरीरलाई पनि किन असर नगर्ने ??
अर्को, पूर्णिमाको रात नजिकिँदै जाँदा मानसिक रोगीहरूको संख्या वृद्धि हुन्छ, भने अमावस्याका बेला ती संख्या घट्छ। यो वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ। 'लुनाटिक' (lunatic) शब्द नै 'लुना' (Luna) अर्थात् चन्द्रमाबाट आएको हो, जसको अर्थ हुन्छ ‘चन्द्रमाबाट प्रभावित’।
त्यसैले, ज्योतिष केवल विश्वासको विषय होइन, यो वैज्ञानिक रूपमा पुष्टि भइरहेको सत्य हो। ग्रह-नक्षत्रहरूको गति, ऊर्जा तरंगहरू, ब्रह्माण्डीय विकिरण आदिले मानव जीवनलाई गहिरो प्रभाव पार्छन्। पुरातन सभ्यताहरूले यी रहस्यहरू पहिल्यै पत्ता लगाएका थिए, तर आधुनिक विज्ञान तिनलाई भर्खर मात्र पुष्टि गर्दैछ।
यसैले वैदिक र आधुनिक दृष्टिकोणको मिश्रणले चन्द्रमाको प्रभावलाई गहिरो र व्यापक रुपमा बुझ्नमा मद्दत गर्दछ। हाम्रो सभ्यता ज्योतिषलाई अपूर्ण विज्ञान ठान्दै आएको छ, तर वास्तविकता के हो भने ज्योतिष अत्यन्त उन्नत विज्ञान थियो, जुन समयक्रममा बिर्सिएको मात्र हो। अब विज्ञान पुनः तिनै सिद्धान्तहरूलाई खोज्दैछ, जुन प्राचीन ऋषिहरूले हजारौं वर्षअघि पहिल्यै बताइसकेका थिए। यसको गहनतालाई हेरेर खोजको अपर्हिहार्यता छ।
५) ज्योतिष र गणितको सम्बन्ध:
ज्योतिषशास्त्रले मानिस, जीवजन्तु, प्राकृतिक परिवर्तनहरूलाई समय, ग्रह-नक्षत्र र मानव जीवनबीच सम्बन्धको आधारमा अनुसन्धान र अध्ययन गर्ने एक प्राचीन विज्ञान हो, जसले व्यक्तिको भूत, भविष्य, र वर्तमानलाई ग्रहस्थितिको आधारमा विश्लेषण गर्छ। सनातन सभ्यतामा ज्योतिष मात्र नभएर गणितको विकास पनि ज्योतिषकै कारण भएको हो। ज्योतिषीय गणनाहरू गर्नकै लागि गणितको जन्म भएको थियो। यही कारणले गर्दा संसारभर अंकगणितीय संख्याहरू यहि पद्धतिमा आधारित छन्।
आज संसारभर १ देखि ९ सम्मका अंकहरू सबै भाषाहरूमा प्रचलित छन् र ती सबै हाम्रो सभ्यता र संस्कृत संग जोडिएको छन्। अंग्रेजीमा "Nine" भनिने शब्द संस्कृतको "नव" शब्दबाट आएको हो। "Eight" शब्द संस्कृतको "अष्ट" बाट विकसित भएको हो। यसबाट प्रष्ट हुन्छ कि यो सभ्यताले ज्योतिषको माध्यमबाट गणितको विकास गर्यो र यही गणितीय प्रणाली आज विश्वभर स्वीकार गरिएको छ।
"मानिसको तारा र ग्रहहरूप्रति चासो करिब ६००० वर्ष अघि सुरु भयो, जब प्राचीन सभ्यताहरू उर्वर नदी किनारहरूमा बसे—मिस्रीहरू (विश्वका सबैभन्दा पुरानो सभ्यता मिस्रका वासीन्दा ३१०० ईसा हाल उत्तर अफ्रीका।"स गङ्गायाः सुतां कन्यां नागराजसुतां तदा। उलूपीं नाम विप्रेन्द्र गत्वा पातालमाश्रितः॥" श्लोक २१६.७ हो (सातौं श्लोक) यो श्लोक महाभारतको आदिपर्व (पुराण)मा पाइन्छ, जहाँ अर्जुनको उलूपीसँगको विवाहको प्रसंग वर्णन गरिएको छ।) जुन अहिलेको नाइल नदीमा, सुमेरियनहरू मेसोपोटामियामा, चिनियाँहरू ह्वाङ होमा, र भारतीयहरू सिन्धु उपत्यकामा। कृषि मुख्य पेशा भएकाले तिनीहरूले मौसमी परिवर्तन, मनसुन, र आकाशीय घटनाहरू अध्ययन गरे। चन्द्रमाले बालीनालीमा पार्ने सकारात्मक प्रभाव र सूर्यको तीव्र गर्मीले हुने क्षति पत्ता लगाए। मिस्रीहरूले नाइल नदीको बाढी प्रत्येक ३६५ दिनमा दोहोरिन्छ भन्ने थाहा पाए, जसले करिब ३००० ईसा पूर्व सौर्य पात्रो को विकास गरायो। यही अध्ययनले ज्योतिष र खगोलशास्त्रको अभिलेखिकरण सहित संगठित रूपमा सुरुवात गर्यो।"- (Rao, S. R. A. (1994). Jyotish Siddhant. UBS Publishers' Distribution Ltd.)
वैदिक ज्योतिष खगोलशास्त्र (Astronomy), गणित, र मनोविज्ञानसँग जोडिएको छ, जसले जीवनका विभिन्न पक्षहरूमा मार्गदर्शन प्रदान गर्दछ। यो मुख्यत: सिद्धान्त, होरा र संहिता गरी तीन विभागहरूमा विभाजित छन।
अ) सिद्धान्त ज्योतिष (Theoretical Astrology):
यस विधामा सौर्य सिद्धान्तको आधारमा ग्रहहरूको गति, तापक्रम, प्रभाव, ग्रहण आदि कुराहरूको अध्ययन गरिन्छ। ग्रहहरूको गणना, उनीहरूको स्थान र चाललाई विज्ञानसहित विश्लेषण गरी भविष्यवाणी गरिन्छ।
आ) होरा ज्योतिष (Predictive Astrology)
पृथ्वी आफ्नो अक्षमा २४ घण्टामा एक फन्को घुम्छ।
यस समयमा विभिन्न ग्रहहरूको चाल, तापक्रम तथा प्रभाव पृथ्वीमा जन्मिने प्रत्येक जीवमा पर्छ।
होरा ज्योतिष अन्तर्गत मुख्य रूपमा व्यक्तिगत फलादेश गरिन्छ।
यस विधाले शुभाशुभ समय (मुहूर्त), जन्म कुन्डली (राशिफल), दशा, अन्तर्दशा, योग, ग्रहदशा आदि अध्ययन गर्छ।
इ) संहिता ज्योतिष (Mundane Astrology) :
यस विधामा वातावरण तथा प्राकृतिक घटनाहरूको अध्ययन गरिन्छ। ग्रहहरूको प्रभावका आधारमा अनावृष्टि, अतिवृष्टि, बाढी, पहिरो, भूकम्प, समुद्री आँधी लगायतका प्राकृतिक प्रकोपहरूको भविष्यवाणी गरिन्छ।
यिनै तीन विभागका कारण ज्योतिषशास्त्रलाई त्रिस्कन्ध ज्योतिष पनि भनिन्छ। यी तीन विभागहरू बाहेक, जातक ज्योतिष, प्रश्न ज्योतिष, संहिता ज्योतिष, नाडी ज्योतिष, वास्तु ज्योतिष, ताजिक ज्योतिष, र किम्बु ज्योतिष पनि प्रचलित छन्। प्रत्येक शाखाले विभिन्न पक्षहरूको विश्लेषण गर्दछ, जस्तै व्यक्तिगत जीवन (जातक), विशेष प्रश्नको उत्तर (प्रश्न), विश्वव्यापी घटनाहरू (संहिता), प्राचीन पाण्डुलिपिहरूको आधारमा भविष्यवाणी (नाडी), घर र भवनका वास्तु नियम (वास्तु), महत्त्वपूर्ण कार्यहरूको लागि उपयुक्त समय चयन (ताजिक), र स्वास्थ्य र रोगको विश्लेषण (किम्बु)। यी सबै शाखाहरूले ज्योतिषको व्यापक अध्ययन र जीवनका विभिन्न पक्षहरूको भविष्यवाणीमा योगदान पुर्याउँछन्।
क) वैदिक ज्ञान र आधुनिक विज्ञानसँगको गणित:
वैदिक ज्ञान र आधुनिक विज्ञानबीचको सम्बन्ध गहिरो छ, विशेष गरी गणित (Mathematics) को प्रयोगमा। वैदिक कालदेखि नै खगोलशास्त्र (Astronomy), गणितीय गणना, र ज्योतिषीय सिद्धान्तहरू परिष्कृत रूपमा विकसित भएका थिए, जसको प्रभाव आधुनिक विज्ञानमा देख्न सकिन्छ।
वैदिक गणितमा शून्य (०), दशमलव (Decimal System), बीजगणित (Algebra), र त्रिकोणमिति (Trigonometry) जस्ता अवधारणाहरू पाइन्छन्, जसले आधुनिक गणितको जग बसालेको छ। उदाहरणका लागि, आर्यभट्ट ले(प्राचीन भारतका एक प्रसिद्ध गणितज्ञ र खगोलशास्त्री) π (पाई) को मान गणना गरेका थिए, जुन आजको गणितीय अध्ययनमा अपरिहार्य छ। यस्तै, भास्कराचार्यले गुरुत्वाकर्षण (Gravity) को अवधारणा प्रतिपादन गरेका थिए, जुन पछि आइज्याक न्यूटनले विस्तृत रूपमा अनुसन्धान गरे।
ज्योतिषशास्त्र पनि गणितीय रूपमा आधारित छ, जहाँ ग्रहहरूको गति, कोणीय अवस्था, र दशा-गोचरको सूक्ष्म गणना गर्न समीकरणहरू (Equations) र खगोलशास्त्रीय गणित को प्रयोग गरिन्छ।वैदिक ज्योतिषले राशिचक्र (१२ राशि) को अवधारणा दिएको छ। आधुनिक खगोलशास्त्रमा यी नै १२ तारामण्डल (Zodiac Constellations) नक्षत्रहरूका रूपमा वैज्ञानिक रूपमा मान्यता प्राप्त छन्। आधुनिक विज्ञानले आज उपग्रहहरूको कक्षानिर्धारण गर्न जुन खगोल गणित प्रयोग गर्छ, त्यसको जरा वैदिक कालीन गणनाहरूमा नै छ।
जसलाई कार्ल सागन, प्रसिद्ध अमेरिकी खगोलशास्त्री, आफ्ना पुस्तक cosmos "कोस्मस" मा आर्यभट्टका योगदानहरूको उल्लेख गर्छन्: "The first major work in astronomy to use the idea of a rotating Earth was written in the 5th century by Aryabhata, who set the foundation for the scientific inquiry into the nature of the universe." अनुवाद : "पृथ्वीको घुमाईको विचारलाई पहिलो पटक खगोलशास्त्रमा प्रयोग गर्ने प्रमुख काम ५ औं शताब्दीमा आर्यभट्टले लेखेका थिए, जसले ब्रह्माण्डको स्वभावको वैज्ञानिक अध्ययनको आधार तयार गरेको थियो।"
यसरी, वैदिक ज्ञान र आधुनिक विज्ञानबीच गणितीय दृष्टिले एक अन्तरसम्बन्ध छ, जसले वैदिक युगको गहिरो वैज्ञानिक चेतनालाई पुष्टि गर्छ।
ख) वैदिक गणना: वर्ष, अधिक वर्ष, र ग्रहणको वैज्ञानिकता:
वैदिक खगोलशास्त्र (Astronomy) ले समयको गणना वैज्ञानिक रूपमा परिभाषित गरेको थियो। वर्ष गणना, अधिक वर्ष (Leap Year), र ग्रहणको सिद्धान्तहरू वैदिक ग्रन्थहरूमा उल्लेख छन्, जुन पछि आधुनिक विज्ञानले प्रमाणित गर्यो।
अ). एक वर्षको गणना:
ऋग्वेदले स्पष्ट रूपमा एक वर्षमा १२ महिना हुने कुरा उल्लेख गर्छ। ऋग्वेद (Rigveda) १.१६४.११
"द्वादशारं नभि चक्रमेकं त्रिणि नाभि परि वृत्तं नव अरे।
तस्मिन्त्साकं त्रिंशतं शं न शङ्गा नृचक्षा आहुर्नयनं चक्रस्य॥"
अर्थ: सूर्यको एक वर्षमा १२ महिना हुन्छन्, जसमा ३६० दिन गणना गरिन्छ। (वैदिक क्यालेन्डरमा ३०-३० दिनका १२ महिना हुन्छन्)
वैदिक गणनामा सौर वर्ष (Solar Year), चान्द्र वर्ष (Lunar Year), र नाक्षत्रिक वर्ष (Sidereal Year) को अवधारणा थियो।
• सौर वर्ष: सूर्यको एक परिक्रमा पूरा गर्न लाग्ने समय ३६५.२४२ दिन हुन्छ, जुन आज आधुनिक वैज्ञानिक मापनसँग मेल खान्छ।
• चान्द्र वर्ष: चन्द्रमाले पृथ्वीको १२ परिक्रमा पूरा गर्न लाग्ने समय ३५४ दिन हुन्छ।
• नाक्षत्रिक वर्ष: पृथ्वीले सूर्यको चारैतिर यात्रा गर्दा कुनै निश्चित नक्षत्रको आधारमा गणना गरिने वर्ष, जुन ३६५.२५६ दिन को हुन्छ।
आ) अधिक वर्ष (Leap Year) को वैज्ञानिकता:
चन्द्र वर्ष (३५४ दिन) र सौर वर्ष (३६५.२४ दिन) बीच ११ दिनको फरक हुने भएकाले वैदिक प्रणालीमा हरेक तीन वर्षमा "अधिक मास" (Extra Lunar Month) राखिन्थ्यो। यही अवधारणालाई आधुनिक ग्रेगोरियन क्यालेन्डरमा हरेक चार वर्षमा १ दिन थप्ने प्रणाली (Leap Year) का रूपमा प्रयोग गरिन्छ।
सूर्य सिद्धान्त (Surya Siddhanta) १.५७
पञ्चधा पञ्चधा मासा: पंचषष्टिर्युगं स्मृतम्।
सौरमासाश्च वै सर्वे पञ्चविंशतित: स्मृताः॥
अर्थ: सौर वर्ष र चान्द्र वर्षको अन्तर मिलाउन प्रत्येक तीन वर्षमा एक अतिरिक्त अधिक मास (Leap Month) राखिन्छ।
इ). ग्रहण (Eclipse) को गणना:
ग्रहणको सिद्धान्त आधुनिक खगोलशास्त्रमा "Lunar Nodes" अर्थात् राहु र केतु को अवधारणासँग मेल खान्छ। जब सूर्य, पृथ्वी, र चन्द्रमा विशेष कोणमा आउँछन्, त्यतिबेला ग्रहण हुन्छ।
महाभारत (Mahabharata) - वनपर्व ३.२७७
राहुश्चन्द्रार्कमभ्येति यदा भास्करमण्डले।
तदा तमोमयं सर्वं भूतानां जायते भयम्॥
अर्थ: जब राहुले सूर्य वा चन्द्रमालाई ढाक्छ, त्यस समयमा ग्रहण हुन्छ। यो वैज्ञानिक रूपमा चन्द्र र सूर्यको कक्षीय नोड (Lunar Nodes) मा आधारित छ।यसैले वैदिक र आधुनिक दृष्टिकोणको मिश्रणले चन्द्रमाको प्रभावलाई गहिरो र व्यापक रुपमा बुझ्नमा मद्दत गर्दछ।
अन्त्यमा:
हाम्रो सभ्यता ज्योतिषलाई अपूर्ण विज्ञान ठान्दै आएको छ, तर वास्तविकता के हो भने ज्योतिष अत्यन्त उन्नत विज्ञान थियो, जुन समयक्रममा बिर्सिएको मात्र हो। अब विज्ञान पुनः तिनै सिद्धान्तहरूलाई खोज्दैछ, जुन प्राचीन ऋषिहरूले हजारौं वर्षअघि पहिल्यै बताइसकेका थिए। अहिले यसको गहनतालाई हेरेर खोजको अपर्हिहार्यता छ। ज्योतिष केवल विश्वासको विषय मात्र होइन, यो वैज्ञानिक रूपमा पुष्टि भइरहेको सत्य पनि हो।
ग्रह-नक्षत्रहरूको गति, ऊर्जा तरंगहरू, ब्रह्माण्डीय विकिरण आदिले मानव जीवनलाई गहिरो प्रभाव पार्छन्। प्राचीन सभ्यताहरूले यी रहस्यहरू पहिल्यै पत्ता लगाएका थिए, तर आधुनिक विज्ञान तिनलाई भर्खर मात्र पुष्टि गर्दैछ। वैदिक ज्योतिष गहिरो अध्ययन, प्रयोग, र आध्यात्मिक अन्तर्दृष्टि बिना बुझ्न गाह्रो छ, त्यसैले यसलाई रहस्यमय मानिन्छ। प्रसिद्ध दार्शनिक एवंम चिन्तक रजनिश ओशो भन्नुहुन्छ "ज्योतिष कुनै नयाँ विज्ञान होइन जसले अझै विकास गर्नुपर्छ, बरु यो पूर्ण रूपमा विकसित भएको विज्ञान हो, तर जुन सभ्यताले यसलाई विकास गर्यो, त्यो सभ्यता हरायो, सभ्यताहरू आउने र जाने गर्छन्। जसले गर्दा तिनीहरू द्वारा विकसित गरिएका विज्ञानका आधारहरू पनि हराउने गर्छन् तर आज विज्ञान स्वीकार्न नजिक पुग्दैछ, जीवन ब्रह्माण्डीय शक्तिहरूद्वारा प्रभावित हुन्छ।" भन्नू भएको छ। यसले ज्योतिष शास्त्रको महत्व र सान्दर्भिकता मानव सभ्यता सुरु देखि अन्त्य सम्मकै लागि रहेको दर्शाएको छ। यसले देखाउँछ कि वैदिक ज्ञान केवल धार्मिक मान्यता नभई यश भित्र केही ठोस वैज्ञानिक आधारमा स्थापित छ्न, केही वैज्ञानिक पुष्टि हुन आवस्यक अनुसन्धान खोजिरहेको छ्न। यसलाई खोज अनुसन्धान र अध्य्यनको दाएर अझ फराकिलो बनाउन आवस्यक छ।
(यो लेख नेपाल संस्कृत विश्वविद्यालय फलित ज्योतिष "शास्त्री" गुरु गणेशराज सुवेदीको सहकार्यमा तथा वैदिक ज्योतिष सम्बन्धी पुस्तकहरू ज्योतिष चिन्तामणी, फल्दिपिका, नर्सिम्म्ह राओ द्वार लिखित वैदिक ज्योतिष जोतिष सिद्धान्त (रमा ए राओ), रजनिस ओसो, होराशास्त्र आदि र इन्टरनेटमा उपलब्ध स्रोतहरूको आधारमा तयार पारिएको हो।)
बाँकी अंश अर्को भागमा पढ्नुहोस्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस नेता ढकालद्वारा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा निर्वाचन घोषणापत्रमा समेट्न लिखित प्रस्ताव
-
मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
-
ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
-
काँग्रेसमै फर्किंइन् रास्वपा जुम्ला उपसभापति तारा शाही
-
सुन तोलाको १३ हजार ४ सयले घट्यो
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।