बजेट र मौद्रिक नीतिमा उल्लेखित नियो बैंक के हो ?

२०८२ असार २८ शनिवार
सारांश
  • नियो बैंक, जसलाई डिजिटल बैंकिङ वा अनलाइन बैंकिङ पनि भनिन्छ। नियो बैंक सन् २००९ मा जर्मनीबाट शुरुवात भएको हो भने हाल यस्तो प्रकारको बैंकिंङ प्रणालि संसारका धेरै देशहरूले प्रचलनमा ल्याईसकेका छन्।

नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत वित्तिय पहुँच बढाउन 'नियो बैंक' स्थापना गर्ने कुरा उल्लेख गरेको थियो।  शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा यसका लागि कानुनि र नीतिगत प्रक्रियाहरू अगाडि बढाईने कुरा उल्लेख गरिएको छ।  आखिर के हो त नियो बैंक ?

 

नियो बैंक, जसलाई डिजिटल बैंकिङ वा अनलाइन बैंकिङ पनि भनिन्छ। नियो बैंक सन् २००९ मा जर्मनीबाट शुरुवात भएको हो भने हाल यस्तो प्रकारको बैंकिंङ प्रणालि संसारका धेरै देशहरूले प्रचलनमा ल्याईसकेका छन्।

 

यो एक आधुनिक बैंकिङ प्रणाली हो जसले परम्परागत भौतिक स्वरुपका बैंक शाखाहरूको सट्टामा पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आधारित भएर सेवा प्रदान गर्छन। यो प्रविधि-केन्द्रित बैंकिङको नयाँ स्वरूप हो, जसले ग्राहकहरूलाई स्मार्टफोन, ट्याब्लेट वा कम्प्युटर जस्ता डिजिटल उपकरणहरू मार्फत बैंकिङ सेवाहरू उपलब्ध गराउँछ।

 

नियो बैंकहरूले परम्परागत बैंकहरूले जस्तै खाता खोल्ने, खाताको बारेमा जानकारी दिने, डेभिड कार्ड, बचत, ऋण, भुक्तानी, र अन्य वित्तीय सेवाहरू प्रदान गर्छन्। तर यी सबै सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत हुन्छन्, तर यसको कुनै भौतिक शाखा भने हुँदैन। यस्ता प्रकारका बैंकहरूको अस्तित्व र कारोबार केवल डिजिटल माध्यममा मात्र हुन्छ। यसै सन्दर्भमा २०१५ मा अमेरिकी धनाढ्य बिल गेट्सले भनेका थिए 'बैंकिङ आवश्यक छ तर बैंकहरू होइन'। बिल गेट्सको यस भनाईबाट पनि आधुनिक बैंकहरूको स्वरुपहरू कसरी परिमार्जन हुँदै गैरहेको छ र जानेछ भन्ने कुराको स्पष्ट संकेत गर्छ।  

 

नियो बैंकिङको मुख्य विशेषता भनेको यसको सुविधाजनक र प्रयोगकर्ता-मैत्री सेवाहरू नै हो। यस्ता बैंकहरूले न्यून शुल्कमा वा निःशुल्क सेवाहरू प्रदान गर्छन्। परम्परागत बैंकहरूमा जस्तो न्यूनतम ब्यालेन्स राख्ने बाध्यता, उच्च शुल्क, वा जटिल प्रक्रियाहरू नियो बैंकहरूमा कम हुन्छन्। यिनीहरूले प्रायः वास्तविक समयमा लेनदेन, तत्काल खाता खोल्ने सुविधा, र प्रयोगकर्ता-केन्द्रित डिजाइनमा जोड दिन्छन्। नियो बैंकहरूले आधुनिक प्रविधिहरू जस्तै कृत्रिम बुद्धिमत्ता (AI), मेसिन लर्निङ, र ब्लकचेनलाई प्रयोग गरेर ग्राहकको प्रयोगलाई अझ राम्रो बनाउँछन्। उदाहरणका लागि, यिनीहरूले ग्राहकको खर्च गर्ने बानी विश्लेषण गरेर बजेट व्यवस्थापनमा पनि सुझाव दिन सक्छन्। साथै, नियो बैंकहरूले २४/७ ग्राहक सेवा, मोबाइल एप मार्फत सजिलो पहुँच, र पारदर्शी शुल्क संरचना प्रदान गर्छन्।

 

परम्परागत बैंकहरूले भौतिक शाखाहरू, कर्मचारीहरू, र कागजी प्रक्रियामा निर्भर हुन्छन्, जसले गर्दा तिनीहरूको सञ्चालन लागत उच्च हुन्छ। नियो बैंकहरू भने पूर्ण रूपमा डिजिटल हुने भएकाले सञ्चालन खर्च कम हुन्छ, र त्यसको फाइदा ग्राहकहरूलाई कम शुल्क र  उच्च ब्याजदरको रूपमा प्रदान हुन्छ।

 

नेपालमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ, साथै इन्टरनेट र स्मार्टफोनको पहुँच विस्तार हुँदै गैरहेको छ।  नेपालमा हाल परम्परागत बैंकहरू र डिजिटल वालेटहरू जस्तै: ई-सेवा, आईएमी पे, कनेक्ट आईपिएस र खल्ती आदि लोकप्रिय छन्।  त्यस्तै नियो बैंक जस्ता नयाँ बैंकिङ अवसरहरूले नेपालको बैंकिङ साक्षरताका साथसाथै थप बैंकिङ अवसरका ढोकाहरू खोल्नेमा आशावादी हुन सकिन्छ।  

 

नेपाल सरकारले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न नियो बैंक जस्ता विभिन्न अवशरहरु वित्तिय तथा मौद्रिक नीतिहरू मार्फत ल्याइरहेको सन्दर्भमा यसको प्राबिधिक पक्षमा कति ध्यान दिएर काम गर्न सक्छ त्यो भने भविष्यमा देखिनेछ।

हाल अमेरिका, बेलायत, भारत, जर्मनी जस्ता देशहरूमा नियो बैंक निक्कै लोकप्रिय हुँदै गईरहेको छ।  विश्व अर्थतन्त्रमा आएका नयाँ प्रबिधि र अवसरहरू प्रयोग गर्नमा नेपाल पनि अग्रसर हुनु शुखद पक्ष हो।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप लेखहरु