दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
३० असोज, २०८३
- नेपाल राष्ट्र बैंकले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका विद्युतीय वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमालाई अस्थायी रूपमा बढाएको छ ।
काठमाडौँ : नेपाल राष्ट्र बैंकले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका विद्युतीय वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमालाई अस्थायी रूपमा बढाएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बडादसैँका अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वका अवसरमा कात्तिक २१ गतेदेखि २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को व्यवस्था अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने प्रावधान थियो ।
राष्ट्र बैंकले पर्वका अवसरमा हुने कारोबारलाई सहज बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ । उक्त अवधिमा भएका कारोबारको सङ्ख्या र कुल रकमबारे सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’