नेप्से १६.२९ अंकले घट्यो, ३ अर्ब ३८ करोडको कारोबार

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सको शेयर २.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३७ कम्पनिका ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर ३ अर्ब ३८ करोड १३ लाख १८  हजार २४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सको शेयर २.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २४ करोड ३८ लाख बराबरको कारोबार भएको छ भने कर्पोरेट विकास बैंकको १५ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार