धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्ट नियुक्त
२०८३ अषाढ़ ०५ शुक्रवार
- यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट गरिएको थियो ।
काठमाडौं: सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्को बैठकले भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट गरिएको थियो ।
अध्यक्ष नियुक्ति गर्न बनाइएको समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको थियो ।
समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।