धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्ट नियुक्त

२०८३ अषाढ़ ०५ शुक्रवार
सारांश
  • यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट गरिएको थियो ।

काठमाडौं: सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्को बैठकले भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

 

यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट गरिएको थियो ।

 

अध्यक्ष नियुक्ति गर्न बनाइएको समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको थियो ।

 

समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार