- बुधबारदेखि लागु हुने गरि यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको हो ।
काठमाडौँ: सरकारले सार्बजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको छ ।
बुधबारदेखि लागु हुने गरि यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको हो ।
सुचकका रुपमा रहेका इन्धनका बजार मूल्य ५ प्रतिशत वा सा भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा बढाइएको जनाएको छ ।
पछिल्लो पटक डिजेलको औसत बजार मूल्य प्रतिलिटर १५०.८३ हुँदा २०८१ पुस २२ मा भाडा समायोजन गरिएको थियो । त्यसयता विभिन्न सुचकहरुको वजारमुल्यमा आएको परिवर्तन र ईन्धनको मुल्यमा भएको वृधि समेतलाई विचार गरि आजदेखि लागु हुनेगरि दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा ) सञ्चालन हुने सार्वजनिक यातायात (विद्युतीय सवारी बाहेक) को भाडादर स्वचालित प्रणाली बमोजिम भाडादर बढाइएको विभागले उल्लेख गरेको छ ।
विभागले सार्वजनिक सवारीको प्रकार यात्रुवाहक सवारी भाडामा भएको स्वचालित समायोजन १६.७१ प्रतिशत बढाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक यातायातमा २१.६८ प्रतिशत भाडा दर बढाएको छ ।
त्यसैगरी तराईको बाटोमा सञ्चालन हुने यातायातका साधनमा १५.७५ प्रतिशत मुल्य वृद्धि गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’